
Ggp
Sgr
Pbu
Unsku
Rgp1
Rgp
Gfs
pku
Lnp
sbs
Djs
Pes
cjs
Srbpu

Hal
nsb
Pvg
Rgu
Bbu
Gst
Sls
Rgs
Asm
Sbs
Rsb
Ksm
Bbbpu
Tsm
Wsp
Vor
Ssm
Rgu
Ggd

bbt
Rmb
Rpp
Gsb
Jmb
Jmb
Mks
Abd
Ptm
Bml
Syp
sab
Pls
दाङ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालमा दुई वटा उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
अस्पतालमा डाईवेटिक,रेटिनोपेथि सेवा विस्तार र विकासका लागि लायन्स क्लव अफ इन्टरनेसनल फाउण्डेशन र नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज,राप्ती आँखा अस्पतालको साझेदारीमा ओसिटि र भिट्रेक्टोमि मेसिन खरिद गरि एक कार्यक्रमका बीच शनिबार हस्तान्तरण गरिएको हो ।
लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनका साईट फर्स्ट प्राविधिक सल्लाहकार प्रा डा. डी.एन. शाह, एम.डीको उपस्थीतिमा उपकरण हस्तान्तरण गरिएको थियो । इक्युप राप्ती आँखा अस्पताल इन नेपाल एसएफपी २१७२÷३२५ एन प्रोजेक्टका चिफ एमजेएफ लभ अधिकारीको अध्यक्षता तथा लायन्स क्लव ३२५ एनका डिष्ट्रिक गर्भनर मुकुट ढकालको प्रमुख आतिथ्यता सन २०२४÷२५ का डिष्ट्रिक गर्भनर विनोदकुमार श्रेष्ठ लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनका साईट फर्स्ट प्राविधिक सल्लाहकार प्रा डा. डी.एन. शाहको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रा.डा शाहले नेपाल नेत्रज्योति संघले आँखाको उपचार सेवामा गैरव गर्ने काम गरेको बताए ।
त्यस्तै उनले नेपालमा यस्तो ठुलो र आँखा स्वास्थ्यमा सेवा पुर्याउने संस्था कोहि नभएको भन्दै दृष्टि विहिन न्यूनिकरणमा नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित अस्पतालहरुले अतुल्नीय योगदान पुर्याएको भन्दै नेपालमा बर्षमा करिव २ लाख विदेशिहरुलाई यस संस्था अन्तर्गत सञ्चालित आँखा अस्पतालहरुले उपचार सेवा र शल्यक्रिया गर्नु गौरवको विषय भएको बताए ।
नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीले दृष्टि विहिन न्यूनिकरणमा नेपाल नेत्रज्योति संघले आँखा अस्पताल तथा उपचार केन्द्र मार्फत महत्वपूर्ण कार्यहरु गरेको भन्दै विभिन्न संघ संस्था, दातृ निकायहरुको सहयोगले अन्धोपन न्यूनिकरण गर्न आफुहरु लागेको बताए । उनले राप्ती आँखा अस्पतालमा उपकरण ल्याउन सहयोग गर्ने सवैलाई धन्यवाद दिए ।
प्रोजेक्टका सदस्य सचिव प्रमुख प्रशासक सम्शेर थापाले लायन्स क्लव अफ इन्टरनेसनल फाउण्डेशन र नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको साझेदारीमा ओसिटि र भिट्रेक्टोमि मेसिन खरिदको प्रकृयाको विषयमा जानकारी गराउदै विभिन्न समयमा यो प्रोजेक्ट सफल पार्न सहयोग गर्ने सवैलाई धन्यवाद दिदै उपकरण खरिद संगै राप्ती आँखा अस्पतालमा डाईवेटिक, रेटिनोपेथि सेवा विस्तार गरि यहाँका सेवाग्राहीहरुलाई सेवामा सहजता आएको बताए ।
त्यस्तै चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालले उपकरण खरिद संगै यहाँका सेवाग्राहीहरुलाई यो सेवा लिन अब बाहिर जानु पर्ने बाध्यता अत्य भएको बताए । एरिया नं. २ का चिफ डा. भिमसेन गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आँखा स्वास्थ्य शिक्षा विज्ञ विमल पौडेल, लायन्स क्लव इशानका अध्यक्ष ऋषिराज भण्डारी लगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रमको सहजिकरण नेपाल नेत्रज्योति संघ दाङका सहकोषाध्यक्ष प्रणव कुमार खड्काले गरेका थिए ।साझेदारीमा करिव १ करोड १२ लाखमा ओसिटि र भिट्रेक्टोमि मेसिन खरिद गरिएको हो । सो अवसरमा प्रोजेक्टलाई सफल पार्न सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

