
Asbus
Ksbus
Ggp
Msbus
Lnp
Ggp
Sdc
Rgp
Ksbus


दाङ । देउखुरीकाे राप्ती गाउँपालिकामा पोलियो विरुद्धको आइपिभि खोप अभियान सम्बन्धी अभिमुखीकरण गाेष्ठी साेमबार पालिकाकाे सभाहल मसुरीयामा सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न गाेष्ठीमा पालिका स्तरीय खोप समन्वय समितिलाई खोप अभियान सम्बन्धी जानकारी गराइएको थियो ।
पहिलो चरण अन्तर्गत जेठ १३ गतेदेखि १७ गतेसम्म जिल्लाको तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिका र दोस्रो चरणमा २२ गतेदेखि २६ गतेसम्म घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बङ्गलाचुली, राप्ती, गढवा र राजपुर गाउँपालिकामा खोप सञ्चालन हुने स्वास्थ्य कार्यालय दाङका खोप संयोजक झग्गुप्रसाद आचार्यले बताए ।
विसं २०७३ बैशाखदेखि २०७५ साल असोजसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन थालिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिए ।उनका अनुसार यस खाेप अभियानमा पालिकाका २ हजार ३ सय ९६ जना बालबालिकालाई खाेप लगाउने लक्ष्य रहेको छ । स्वास्थ्य शाखाले खाेप अभियान सञ्चालन गर्नका लागि पालिका अन्तर्गत रहेका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयहरुलाई खाेप केन्द्र निर्धारण तयारी थालेको छ।
राप्ती गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समितिका संयाेजक प्रकाश विष्टले राप्ती गाउँपालिकामा सञ्चालित स्वास्थ्यका हरेक कार्यक्रम जिल्लामै उत्कृष्ट भएको बताउदै यस खाेप अभियान पनि निर्धारित लक्ष्य पूरा हुने गरि सम्पन्न गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।
राप्ती गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समितिका संयाेजक प्रकाश विष्टकाे अध्यक्षतामा सम्पन्न गाेष्ठीमा गाउँपालिकाकी उपाध्यक्ष तथा खोप समन्वय समितिकी सह-संयाेजक कमलापती चाैधरी,विभिन्न वडाका वडा अध्यक्ष,सरकारी स्वस्थ्य संस्थाका प्रमुख तथा पालिका स्तरीय खोप समन्वय समितिका सदस्यहरुकाे सहभागीता रहेको थियो ।
