Sidha Patra शुक्रबार, जेठ ११, २०८१

रोल्पा । एडमण्ड सिटी अस्पताल बुटवलले रोल्पाको लुङ्ग्री गाउँपालिका र सुनिल स्मृति गाउँपालिकाका डढेलो प्रभावित घरपरिवारलाई नि:शुल्क उपचार गर्ने सम्झौता भएको छ ।

जिल्लाका दुई पालिकाका डढेलो प्रभावित घर परिवारलाई नि:शुल्क उपचार गर्ने गरी अस्पतालसँग सुशील कोइराला स्मृति प्रतिष्ठान रोल्पाले सम्झौता गरेको हो । सम्झौतामा लुङ्ग्री गाउँपालिका वडा नम्बर १ पाङ् रिरिपका ८ र सुनिलस्मृति गाउँपालिका वडा नं. २ खुङ्ग्रीका ३ घर परिवारका सदस्यले सेवा पाउने उल्लेख रहेको छ ।

त्यस्तै प्रतिष्ठानका अध्यक्ष योगेन्द्र अनुपम जिसीका अनुसार १ वर्षसम्म ११ घरपरिवारका ६३ जनाले सेवा पाउनेछन् । सम्झौता अनुसार अस्पतालबाट प्रदान हुने औषधी बाहेकका सम्पूर्ण उपचार सेवाहरू नि:शुल्क हुने छन् । खाने बस्ने व्यवस्था भने स्वयं विरामीले गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]