
Unsku
Sebsg
Gipsg
gst
Gst
Gmssl
Gsg
Pbu
Gipsg

Pvg
nsb
Wsp
Ssm
Sbs
Rgs
Rsb
Tsm
Ksm
Gst
Rgu
Hal
Asm
Sls
Vor
Bbbpu
Rgu
Ggd
Bbu

Rpp
Mks
Abd
Syp
Jmb
bbt
Gsb
Bml
Ptm
Rmb
Pls
sab
Jmb
दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेशकुमार खड्कासहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले खड्कासहित मुद्दा फाँटका नायब सुब्बा केशवराज अधिकारी,मोठफाँटका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेविरुद्ध बिहीबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनु भएको हो । सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने क्रममा ३ लाख २० हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
अनुसन्धानको क्रममा सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने प्रक्रियाका क्रममा स्थलगत सर्जमिन गर्ने काम अड्काएर सेवाग्राहीलाई घुस दिन बाध्य पारेको आरोप पत्रमा उल्लेख छ । चारै जनाको आपसी मिलोमतोमा कार्यालय सहयोगी मिनराज गैरेले सेवाग्राहीसँग उक्त रकम घुस लिएको पुष्टि हुन आएकोले उनीहरु विरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता अधिकारीले बताउनु भयो ।
