शिबराज पन्थी/सिधा-पत्र कर्मी आइतबार, बैशाख २३, २०८१

दाङ । कथाकार कल्पना पाैडेल ‘जिज्ञासु’ज्युकाे ‘कचहरी’ कथासंग्रह विमर्श कार्यक्रम देउखुरी गजल अभियानको आयाेजनामा लमहीमा सम्पन्न भयाे ।

अभियानका अध्यक्ष गुरुप्रसाद कुमाल ‘बुलबुल’काे अध्यक्षता सुरु भएको कार्यक्रममा बाेल्दै लुम्बिनी वाङ्मय प्रतिष्ठान, दाङका अध्यक्ष नीमबहादुर थापाले कल्पना पाैडेल ‘जिज्ञासु’ कचहरी कथासंग्रह मार्फत सशक्त नारीवादी हस्ताक्षरका रुपमा उदाएको बताउनु भयो । कथा संग्रहमा नारी पात्रलाई एकदमै शक्तिशाली पात्रका रुपमा चित्रण गरिएको अर्का वक्ता राधा गाैतमले बताउनुभयाे ।

अहिले नेपालमा भाषा, संस्कृतिलाई खतम पार्ने काम भइरहेकोले साहित्यकारहरुले देश र समाजकाे हितलाई छलफल तथा लेखनकाे विषय बनाउनुपर्ने कार्यक्रमका प्रमुख अतिथि एवं संविधानसभा सदस्य रश्मीराज नेपालीले बताउनुभयो ।

साहित्यकारहरु यम रेग्मी, दीपक समीर, सुरेशकुमार पाण्डे, प्रबल विष्ट, अभि क्षेत्री समर्पण, ऋषिराम सापकोटा, रेशम बिसि, सन्जना शर्मा, नारायण याेगी, जागेश्वर घिमिरे, बेदुलाल सुवेदी, शशिधर ज्ञवाली, गिरिराज खनाल, बालमुकुन्द शर्मा आचार्य, याेगमायाँ शाही, दीपा केसी, कर्म पुन, सुन्दर प्रसाद चाैधरी, तिलादेवी शाह, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । गीतकार तथा गजलकार गाेविन्द रसाइलीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन अभियानका सदस्य केशव दीपक शर्माले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]