
Rgp
Rgp1
Lnp
Pbu
Unsku
Ggp
pku
Sgr
Srbpu

Rgu
Rsb
Ksm
Sbs
Hal
Gst
Asm
Pvg
nsb
Bbu
Rgs
Tsm
Vor
Ggd
Bbbpu
Ssm
Sls
Wsp
Rgu

Abd
Rpp
Syp
Ptm
Rmb
Gsb
Mks
Jmb
Jmb
Pls
Bml
bbt
sab
दाङ । देउखुरीमा राप्ती नदीमा डुबेर एकजनाको मृत्यु भएको छ ।
लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री स्थित राप्ती नदीमा नुहाउन गएकी राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया निवासी वर्ष २० कि सरिता चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ ।
सरिता केहीदिन अघि बनघुस्री स्थित माईतीघर आएकी थिईन । शनिबार गाउँका धेरैजना नुहाउन राप्ती नदी गएका थिए । अर्कि नाबालिकालाई बचाउन खोज्दा सरिता पानीमा डुबेको प्रत्यक्षदर्शीले बताएका छन् ।
राप्तीमै नुहाउँदै गरेका स्थानीय सन्तोष घर्ती मगरले अर्का बच्चा डुब्न थालेपछि बचाउन खोज्दा सरिता आफै डुबेको बताए । उनका अनुसार १२ वर्षिय कोपिला चौधरी पानीमा डुब्नखोज्दा सरिता बचाउन भनी गएकि थिईन । कोपिलालाई छेउँतर्फ धकेली सरिता पानीमा डुबेको प्रत्यक्ष्यदर्शि घर्तीले बताए । कोपिला भने सकुशल रहेको प्रहरीको भनाई छ ।
शबलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
