
Ggp
Sgr
Pbu
Rgp1
Unsku
pku
Srbpu
Rgp
Lnp

Sbs
Ksm
nsb
Sls
Ggd
Bbbpu
Rgu
Ssm
Pvg
Rsb
Rgs
Hal
Asm
Gst
Rgu
Tsm
Vor
Bbu
Wsp

Rpp
Ptm
bbt
Rmb
Jmb
Jmb
Pls
Mks
sab
Bml
Abd
Syp
Gsb
दाङ । देउखुरीको गढवा उद्याेग बाणिज्य संघले राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबासका अग्नि पीडितलाई नगद राहत प्रदान गरेको छ ।
संघका अध्यक्ष ओमप्रकाश बसेलकाे नेतृत्वमा आगलागी क्षेत्रमै पुगेर नगद राहत बितरण गरेकाे संघले जनाएकाे छ । आगलागिकाे घटना सुने लगतै स्थानिय संघ संस्थासँग समन्वय गरेर राहतकाे लागि पहल भैरहेकाे जानकारी दिदै संघका अध्यक्ष बसेलले राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर वलिलाइ राहत बापत नगद २१ हजार एक सय प्रदान गरिएकाे जानकारी दिए ।
याे विपतकाे बेलामा सबैले जति सकिन्छ त्यति सहयाेग गर्नुपर्ने बताउदै अध्यक्ष बसेलले स्थानिय सरकार नहुँदा उद्योग बाणिज्य संघले नेतृत्व गरि यस्ता कार्यहरू गर्दै आएकाे स्मरण गरे । जतिबेला स्थानिय सरकारकाे संरचना थिएन त्याे बेला हामी अग्रपंक्तिमा रहेर काम गर्थ्याे,अहिले स्थानिय सरकारसँग समन्वय गरिरहेका छाैं, उनले भने । स्थानिय सरकारले श्रमदानबाट घरहरू बनाउने निर्णय गरेमा गढवा उद्योग बाणिज्य संघ श्रमदान गर्न समेत तयार रहेकाे अध्यक्ष बसेलले जानकारी दिए ।
राहत वितरण कार्यक्रममा संघका संस्थापक अध्यक्ष युवराज पाेख्रेलले हरेक संघसंस्थासँग गढवा उद्योग बाणिज्य संघले राहतका लागि पहल गरेकाे बताउदै बिपदमा हामी सबै एकै ठाउँमा हुनुपर्ने बताए ।
बैशाख १६ गते गाउँनै सखाप हुने गरि लागेकाे आगाेबाट २३ घर पूर्णरूपमा जलेका छन् भने केही घरमा आंशिक प्रभाव परेकाे छ । यता विभिन्न संघसंस्थाहरूले राहत प्रदान गरिरहेका छन् । बासकाे प्रमुख समस्या छ । अब वर्षायाम शुरू हुने बेला भैसकेकाे स्थानिय बताउछन् । स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार तथा स्थानिय संघसंस्थाहरूले आवासलाई प्राथमिकतामा राखि काम गरिदिन स्थानियहरूले अनुराेध गरेकन छन् ।
त्यस्तै राहत बितरण कार्यक्रममा जनप्रतिनिधि दिनामणि आचार्य,उद्याेग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष मधा न्याैपाने,काेषाध्यक्ष दुखहरण यादब, सदस्य कमल खड्का, पत्रकार अन्जना चाैधरी,उमा भण्डारी,सपना पाैडेल लगायतकाे सहभागिता रहेकाे थियाे । जति सक्याे छिटाे बस्ने बासकाे ब्यबस्थापन गरिने बताउदै वडा अध्यक्ष पुष्कर वलिले राहत प्रदान गर्ने संघसंस्था हरूप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

