
Nssbus7
Bksbus5
gms
Pbu
Jsbus
Ddhbs
Ssbus
dsbus
Amb
syysr
Csbus
Rbs
Ratbs
Gsbus
Gsl
Syees

Vor
Bbbpu
Asm
Ssm
Sls
Ggd
Rsb
Gst
nsb
Rgs
Hal
Rgu
Rgu
Pvg
Bbu
Ksm
Wsp
Sbs
Tsm

Bml
Rpp
Jmb
Pls
Gsb
sab
Ptm
Abd
Mks
Jmb
Rmb
Syp
bbt
दाङ । सर्जक तिलक रामदामको ‘जाले रुमालैमा’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । सर्जक रामदामको आफ्नै अफिसियल युटुब च्यानल मार्फत गीत सार्वजनिक भएको हो ।
शब्द संगीत सर्जक रामदामको रहेको गीतमा बहु चर्चित गायक खेम सेंचुरीलाई नवोदित गायिका किरण सिर्पालीले साथ दिनु भएको छ । यो गीतको एरेन्ज राजु सोनामको रहेको छ ।
यो गीतको म्युजिक भिडियो काभ्रेपलान्चोकको दोलालघाटमा छायांकन गरिएको हो भने पछिल्लो समयका नाम चलेका कलाकार विजय पुनसंगै आर्यन राउत, विना राउत र जुना एसडीलाई देख्न सकिन्छ। जाले रुमालमा दाग देखे पछि माया गरेको मान्छेले शंका उपशंका गरेको बुझ्न सकिन्छ। त्यो रुमालमा दाग देखेपछि गायक गायिकाले एक अर्कालाई के होला कुन्नि भन्दै र अलमल पनि परे जस्तो दोमन भए जस्तो गरेर एक अर्काप्रति व्यंग्य प्रहार गरेका छन ।
गायक खेम सेन्चुरीले पनि यो गीतलाई न्याय दिएर गाएको, म्युजिक भिडियो पनि उत्तिकै मेहनत गरेर बनाएको हुँदा स्रोताको मन जित्ने कुरामा आफु आशावादी भएको सर्जक रामदामले बताउनु भयो । माया पीरमको परिधिभित्र रहेर गीत तयार गरेको प्रतिक्रिया दिंदै सबैले मन पराई दिनु हुनेछ भन्ने कुरामा आफु विश्वस्त भएको उहाँको भनाई छ ।
सर्जक रामदामले पछ्यौरी चुन्निको, काँचो पात, चकलेटी हिरो, धोकेवाज, कानको झुम्कना जस्ता गीत यस अघि स्रोता माझ ल्याई सक्नु भएको छ । अन्य गीतलाई झैं यो गीतलाई पनि दर्शक स्रोताले माया गरिदिनुहुनेछ भन्ने आशा लिएको छु’- रामदामले भन्नु भयो।
नवलपुर जिल्लाको बुङलिङटार गाउँपालिका थामवेशी / गैंडाकोटका स्थायी बसोबास रहेका सर्जक रामदाम लामो समयदेखि नेपाली गीत संगीतमा सक्रिय रहँदै आउनु भएको छ । उहाँ लोक तथा दोहोरी गीतमा शब्द चयन गर्नमा माहिर हुनुहुन्छ भने प्रत्यक्ष दोहोरी गायनमा पनि उतिक्कै क्षमता राख्नु हुन्छ । त्यस्तै गायन तथा शब्दमा संगीत भर्ने देखि लिएर अभिनयमा समेत दक्खल राख्ने एक उर्जावान कलाकार हुनुहुन्छ ।
