प्रिया स्मृतीगजमेर/लमही शनिबार, बैशाख १५, २०८१

दाङ । सर्जक तिलक रामदामको ‘जाले रुमालैमा’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । सर्जक रामदामको आफ्नै अफिसियल युटुब च्यानल मार्फत गीत सार्वजनिक भएको हो ।

शब्द संगीत सर्जक रामदामको रहेको गीतमा बहु चर्चित गायक खेम सेंचुरीलाई नवोदित गायिका किरण सिर्पालीले साथ दिनु भएको छ । यो गीतको एरेन्ज राजु सोनामको रहेको छ ।

यो गीतको म्युजिक भिडियो काभ्रेपलान्चोकको दोलालघाटमा छायांकन गरिएको हो भने पछिल्लो समयका नाम चलेका कलाकार विजय पुनसंगै आर्यन राउत, विना राउत र जुना एसडीलाई देख्न सकिन्छ। जाले रुमालमा दाग देखे पछि माया गरेको मान्छेले शंका उपशंका गरेको बुझ्न सकिन्छ। त्यो रुमालमा दाग देखेपछि गायक गायिकाले एक अर्कालाई के होला कुन्नि भन्दै र अलमल पनि परे जस्तो दोमन भए जस्तो गरेर एक अर्काप्रति व्यंग्य प्रहार गरेका छन ।

गायक खेम सेन्चुरीले पनि यो गीतलाई न्याय दिएर गाएको, म्युजिक भिडियो पनि उत्तिकै मेहनत गरेर बनाएको हुँदा स्रोताको मन जित्ने कुरामा आफु आशावादी भएको सर्जक रामदामले बताउनु भयो । माया पीरमको परिधिभित्र रहेर गीत तयार गरेको प्रतिक्रिया दिंदै सबैले मन पराई दिनु हुनेछ भन्ने कुरामा आफु विश्वस्त भएको उहाँको भनाई छ ।

सर्जक रामदामले पछ्यौरी चुन्निको, काँचो पात, चकलेटी हिरो, धोकेवाज, कानको झुम्कना जस्ता गीत यस अघि स्रोता माझ ल्याई सक्नु भएको छ । अन्य गीतलाई झैं यो गीतलाई पनि दर्शक स्रोताले माया गरिदिनुहुनेछ भन्ने आशा लिएको छु’- रामदामले भन्नु भयो।

नवलपुर जिल्लाको बुङलिङटार गाउँपालिका थामवेशी / गैंडाकोटका स्थायी बसोबास रहेका सर्जक रामदाम लामो समयदेखि नेपाली गीत संगीतमा सक्रिय रहँदै आउनु भएको छ । उहाँ लोक तथा दोहोरी गीतमा शब्द चयन गर्नमा माहिर हुनुहुन्छ भने प्रत्यक्ष दोहोरी गायनमा पनि उतिक्कै क्षमता राख्नु हुन्छ । त्यस्तै गायन तथा शब्दमा संगीत भर्ने देखि लिएर अभिनयमा समेत दक्खल राख्ने एक उर्जावान कलाकार हुनुहुन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]