
Pbu
Lnp
Sgr
pku
Ggp
Srbpu
Unsku
Rgp1
Rgp

nsb
Sbs
Sls
Rgs
Bbbpu
Ggd
Rgu
Bbu
Asm
Gst
Rgu
Pvg
Vor
Tsm
Wsp
Ksm
Hal
Ssm
Rsb

Jmb
Bml
Abd
Rpp
Rmb
Ptm
sab
Mks
Gsb
Syp
Jmb
bbt
Pls
दाङ । नेपाल निजामति कर्मचारी युनियन दाङले बनभोज मित्रमिलन तथा नयाँ वर्ष २०८१ सालको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
शनिबार लमही नगरपालिका-३ स्थित जखेरा तालमा युनियनले कार्यक्रम गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेलले युनियनमा आबद्द रहेका देशभरका कर्मचारीहरु एक ढिक्का भएर अगाडी बढ्नुको विकल्प नभएको बताए ।
आफ्ना हक हितका लागि सबै एक ठाउँमा उभिनु पर्दछ, मुखले मात्र ठिक्क पार्ने तर अप्ठ्यारोमा परेका बेला राम हेर्ने काम गर्नु हुँदैन’ अध्यक्ष पोखरेलले भने । आफ्नो दायित्व र कर्तव्यलाई शिरोपर गर्दै संगठनका लागि पनि समय निकाल्नु पर्छ, मैले पटक पटक भन्दै आएको छु संगठन बलियो भयो भने मात्र हामी बलियो हुन्छौं, अन्यथा सधैबरी चपेटामा परेर बस्नु पर्छ”- उनले भने ।
त्यस्तै यदि मनमा मनमुटाव भए संगठन भित्र पोखौं, बसेर निकास निकालौं तर अन्य संगठनलाई फाइदा पुग्ने गरि सामाजिक संजालमा कुर्लने काम नगरौं यदि कुनै पनि साथीले त्यस्तो कर्तुत देखाउदछ भने सम्झनुस त्यो युनियनको मान्छे हैन । आशा गर्छु, कर्मचारी युनियन दाङले आयोजना गरेको बनभोज तथा मित्रमिलन कार्यक्रमले सबै साथीहरुमा मित्रवत र एकताको भावना सिर्जना गर्नेछ र संगठन बलियो भएर अगाडी बढ्ने छ।
दाङ जिल्ला अध्यक्ष श्रीधर केसीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष गायत्री थापाले स्वागत मन्तव्य राखेका थिए भने जिल्ला सचिव वीर बहादुर राम्जा पुनले सहजीकरण गरेका थिए । कार्यक्रमामा जिल्लाभरका झन्डै ४ सय कर्मचारीको उलेख्य सहभागिता रहेको थियो ।
