
Ggp
pku
Rgp
Lnp
Unsku
Pbu
Sgr
Rgp1
Srbpu

Rsb
Wsp
Pvg
Ggd
Bbbpu
Rgu
Asm
Rgu
Tsm
Ssm
Hal
nsb
Sls
Rgs
Ksm
Vor
Bbu
Gst
Sbs

Syp
Pls
Bml
Jmb
Abd
Ptm
Mks
Gsb
Rpp
bbt
sab
Jmb
Rmb
दाङ । नेपाल प्रेस युनियन दाङ शाखाले आसन्न नेपाल पत्रकार महासंघ दाङको निर्वाचनलाई मध्यनजर सर्वसहमत नेतृत्व चयनका लागि पहल गर्ने भएको छ ।
शनिवार घोराहीमा बसेको युनियनको बैठकले नेपाल प्रेस युनियनको नेतृत्वमा सवै सञ्चार संघसंगठनहरुसँग बार्ता र सम्वाद गरि सर्वसहमतिमा नेतृत्व चयन गर्ने निर्माण गरेको हो ।
सर्वसहमत नेतृत्व चयन गर्नका लागि नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खड्काको संयोजकत्वमा पाँच सदस्य बाता संवाद समिति गठन गरेको छ । समितिको सदस्यमा उपाध्यक्षहरु गोपाल शर्मा भटराई, किरण शाह, पार्वती बस्नेत र सचिव अमरक्षितिज भण्डारी रहेका छन् ।
श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा प्रतिष्पर्धाभन्दा सहमतिमै नेतृत्व गर्न गर्नुपर्ने निष्कर्ष निकाल्दै प्रेस युनियन दाङले जिल्लामा क्रियाशिल सवै सञ्चार संघसंगठनसँग बार्ता र संवाद अगाडी बढाउने निर्णय गरेको सचिव अमरक्षितिज भण्डारीले जानकारी दिए ।
त्यस्तै महासंघको नेतृत्वमा सक्षम र समन्वयकारी भूमीका निर्वाह गर्न सक्ने व्यक्ति आवश्यक रहेकाले सहमतिका आधारमा नेतृत्व चयनका लागि सवै सञ्चार संगठनहरु एक ठाउँमा उभिनुपर्ने बैठकको निष्कर्ष रहेको छ ।
त्यसैगरी नयाँ बर्ष २०८१ सालका अवसरमा यहीँ बैशाख १९ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रमका लागि उपाध्यक्ष पार्वती बस्नेतको संयोकत्वमा तयारी समिति गठन गरिएको छ ।
नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम,केन्द्रीय सदस्य देवेन्द्र बस्नेत,चेतन रेग्मी,पूर्व केन्द्रीय सदस्य केपी घिमिरे,नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुदिप गौतम,उपाध्यक्ष पहलमान घर्ती,कार्यसमिति दुखहरण यादव,नेपाल प्रेस युनियन दाङका सल्लाहकारहरु सन्तोष सुवेदी, सुशील बस्नेत,बसुन्धरा गौतम,नेपाल प्रेस युनियन दाङका निवर्तमान सचिव आर.के.शीतल लगायतले सर्वसहमतिमा नेतृत्व चयनका लागि अग्रसरता लिन सुझाव दिएका थिए भने कार्यक्रमको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।
