काठमाडौँ । काठमाडौँको चोभार स्थित एक सामुदायिक वनमा लागेको आगो निभाउन गएको दमकल दुर्घटना भएको छ।
दमकल दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अुनसार चोभारको आदिनाथ सामुदायिक वनमा शनिबार दिउँसो १ बजे आगो लागेको थियो । आगो निभाउन दमकल काठमाडौँ महानगरपालिकाबाट गएको थियो । दमकलमा ७ जना सवार रहेकोमा ६ जना घाइते भएका हुन्।
त्यस्तै घाइतेको अवस्था सामान्य रहेको र बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दमकल अन्दाजी १ सय ५० मिटर तल खसको हो । आगो अहिले नियन्त्रणमा आइसकेको कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिए ।