
Unsku
Lnp
pku
Sgr
Rgp
Srbpu
Ggp
Pbu
Rgp1

Tsm
Asm
Gst
Rsb
Rgu
nsb
Bbbpu
Sbs
Pvg
Rgu
Sls
Ssm
Ksm
Wsp
Vor
Hal
Bbu
Ggd
Rgs

Jmb
Rpp
Bml
Jmb
Rmb
Ptm
Abd
Pls
sab
Mks
bbt
Gsb
Syp
दाङ । बिहिबार दिउँसो करिब साढे १२ बज्दै थियो । चर्को घामले आगोकै आभास दिन्थ्यो ।
हुरीबतास बेगमा चलिरहेको थियो । घरका बुहारीहरु मेलापातमा ब्यस्त थिए । घरमा नातीनातिना सँगै उनी एक्लै थिए । बृद्धअबश्थाका उनी सित्तलमा आराम गरिरहेका थिए । नातिनातिना आफ्नै शुरमा खेल्दै थिए । एक्कासी गोठमा आगो दन्कियो । जुनकुरा उनले समयमै पत्ता पाउन सकेनन् । गोठ हुँदै घरमा आगो सल्किसकेपछि अबेर थाहा पाए उनले । उनी हत्तपत्त उठेर घरभित्र छिरे । हवासमै आगो दन्किएको घरभित्र छिरेका उनी जिउँदो फर्किएनन् ।
यसरी जिउँदै आगोमा परेर लमही-९ तरुलिया निवासी ७० बर्षिय बिरबहादुर बोटे सधैका लागि अस्ताए । स्थानियलाई उदृत गर्दै प्रहरीका अनुसार उनी आफ्नो बाकस लिनभनि भित्र छिरेका थिए । बाकसमा उनका नगद करिब ५० हजार, पुराना पैशा र केही महत्वपुर्ण कागज हरु थिए । बाकस मात्रै समाएर उनी बाहिर आएको भए सायद जिवित रहने प्रहरीको आँकलन छ ।
भित्रकोठामा रहेको बाकस बाहिर कोठामा जलेको फेला परेको थियो । उनको शबभने भित्रकोठाबाट बाहिर निस्कने धोका छेउँमा फेला परेको थियो । उनको शब वरिपरि तोरीको थुप्रो भएकोले बाकस सँगै तोरीको बोरापनि बचाउन खोज्दा उनको मृत्यु भएको हुनसक्ने ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरिक्षक लालबहादुर श्रेष्ठले बताए ।
‘बाकस मात्रै निकालेको भए सायद जिवित हुन्थे कि! उनको शबमा तोरीको थुप्रो थियो श्रेष्ठले भने-तोरीपनि बचाउन खोजे कि भन्ने आँकलन हो, आगोको मुस्लोमा निसास्सिएको हुनुपर्छ ।’ स्थानियका अनुसार बच्चाबच्चीले गोठमा लाईटर खेलाईरहेका थिए । त्यसैबाट आगो सल्किएको हुनसक्ने एकस्थानियले आँकलन गरे ।
प्रहरीका अनुसार आफुहरुलाई करिब ३ बजे मात्र खबर भएको थियो । रिहारदेखी दक्षिण पश्चिम भित्रपर्ने बिकट बस्ति तरुलिया पुग्न समय लाग्छ नै । यसरी खबर पाए लगत्तै प्रहरी घटना स्थल त पुग्यो तर सबै खरानी भईसकेको थियो । लमही नगरपालिका र गढवा गाउँपालिको दमकल, सम्राट सिमेन्ट उद्योगको ट्याँकर, प्रहरी, स्थानिय लगायतले आगो नियन्त्रणमा त लिए तर केही बचाउन भने सकेनन् । आगो निभाईसक्दा रातको करिब १२ बजिसकेको थियो ।
अन्य घरमा आगो सल्किनबाट बचाएपनि २ घर र एकगोठ भने पुर्णरुपमा सखाप भए । यसरी आगो लागीबाट घरका प्रमुख सदस्य नै गुमाएका बोटे परिवार र सिँगो गाउँनै बिक्षिप्त बनेको छ । आगलागीबाट साढे ९ लाख बराबरको क्षेति भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । बिरबहादुरको ५ लाख र जितबहादुरको साढे चारलाख बराबरको क्षेती भएको प्रहरीको भनाई छ ।
घटनाको अर्कोदिन शुक्रबार बिहान विभिन्न सँघसँस्था तथा ब्यक्तिहरु बोटे परिवारको सहयोगमा पुगेका थिए । लमही नगरपालिकाका प्रबक्ता तथा लमही-७ का वडाध्यक्ष मोहन गिरीले घटनास्थलमै पुगेर ब्यक्तिगत ५ हजार रुपैया सहयोग गरेका छन । लगत्तै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, ९ का वडाध्यक्ष भेषबहादुर केसी, देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष केशबराज पोखरेल, चेम्बर अफ कमर्सका महासचिब केशब अधिकारी, रेडक्रस लमहीका सभापती थानेश्वर गैरे, अस्थाई प्रहरी चौकी रिहारका सई माधब रावत लगायतको टोली लत्ताकपडा, भाँडाकुडा, खाद्यान्न लगायतका अत्याबस्यक सामान लिएर सहयोग गर्न पुगेको थियो ।
