प्रिया स्मृतीगजमेर/लमही शुक्रबार, बैशाख ०७, २०८१

दाङ । लमही नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागत संकलन र निस्सा वितरण कार्य सम्पन्न भएको छ ।

हालसम्म २ सय २२ भूमिहीनदलित,१ हजार ३ सय ३२ भूमिहीन सुकुम्बासी र ६ हजार २ सय १४ अव्यवस्थित बसोबासीगरि ७हजार ७ सय ६८ घरधुरीलाई निस्सा वितरण गरिएको भुमिहिन दलितभुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी स्थानीय सेवा केन्द्रका संयोजक प्रकाश भण्डारीले बताए ।

त्यस्तै २ सय १० भूमिहीनदलित, १ हजार २ सय ४९ भूमिहीन सुकुम्बासी र ३ हजार ७ सय ३ अव्यवस्थित बसोबासीगरि ५ हजार ७ सय ३ वटा निवेदनविभागको प्रणालीमा सुचिकृत भैसकेका छन् । नगरपालिकाको सबै वडाहरुमा नापनक्साको लागि १ सय ९० वटा नियन्त्रण विन्दु राख्ने काम सम्पन्न भएको छ । वडा नम्बर ३, ४, ५, ६, ७, ८ र ९ मा १ हजार ६९ विगाह ४ कट्ठा १७ धुर ( ७२४.१६ हेक्टर ) जग्गा नापजाँच गरिएको छ । यस्तै ३, ४, ५, ६, ७, ८ र ९ वडाहरुको नक्साबनाउने कार्य सम्पन्न भएको छ भने ६, ७, ८ र ९ वडाहरुमा भूमिहीनदलित र भूमिहीन सुकुम्बासीको निवेदनमा सातदिने हकदावीको सूचनाप्रकाशनको काम समेत सम्पन्नभएको संयोजक भण्डारीको भनाई छ ।

लमहीनगरपालिकाकानगर प्रमुख जोगराजचौधरीले देशको राजनीतिक घटनाक्रमका कारण भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई समयमा लालपुर्जा दिननसकिएको बताए । ६÷६ महिनामा सरकार फेरबदल हुँदाहामीलाई पनिकामगर्न सकस छ’–उनले भने । यो पटक जनताले धेरै आशा गरेका थिए जग्गाको लालपुर्जा पाउने तर फेरी सरकार परिवर्तन हुँदा जनतामा निरासा छाएको नगर प्रमुख चौधरीको भनाई छ ।

त्यस्तै लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई के गर्दा छिटो छरितो जग्गाको लालपुर्जा दिन सकिन्छ भन्नेबारे आफु गम्भीर रहेको बताए । उहाँहरुलाई समयमै जग्गादिन सकियो भने कृषिउत्पादनमा सघाउ पुग्ने गरि अन्य कार्यक्रमल्याउन सकिने नगर उपप्रमुख योगीको भनाई छ । हामीहरुले स्थानीय पालिकाबाट गर्नु पर्ने सबै कामहरु क्रमश गर्दै गैरहेका छौं तर केन्द्रीय राजनीतिले गर्दा समस्याउत्पन्न भएको छ’– नगर उपप्रमुख योगीले भने ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]