
Ggp
Lnp
Pbu
pku
Sgr
Srbpu
Rgp
Unsku
Rgp1

Ssm
Sbs
Rsb
Tsm
Asm
Rgs
Vor
Rgu
Bbbpu
Bbu
Pvg
Rgu
nsb
Ggd
Wsp
Gst
Sls
Ksm
Hal

Abd
Rmb
Ptm
bbt
Bml
Rpp
Jmb
sab
Syp
Jmb
Mks
Pls
Gsb
दाङ । लमही नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागत संकलन र निस्सा वितरण कार्य सम्पन्न भएको छ ।
हालसम्म २ सय २२ भूमिहीनदलित,१ हजार ३ सय ३२ भूमिहीन सुकुम्बासी र ६ हजार २ सय १४ अव्यवस्थित बसोबासीगरि ७हजार ७ सय ६८ घरधुरीलाई निस्सा वितरण गरिएको भुमिहिन दलितभुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी स्थानीय सेवा केन्द्रका संयोजक प्रकाश भण्डारीले बताए ।
त्यस्तै २ सय १० भूमिहीनदलित, १ हजार २ सय ४९ भूमिहीन सुकुम्बासी र ३ हजार ७ सय ३ अव्यवस्थित बसोबासीगरि ५ हजार ७ सय ३ वटा निवेदनविभागको प्रणालीमा सुचिकृत भैसकेका छन् । नगरपालिकाको सबै वडाहरुमा नापनक्साको लागि १ सय ९० वटा नियन्त्रण विन्दु राख्ने काम सम्पन्न भएको छ । वडा नम्बर ३, ४, ५, ६, ७, ८ र ९ मा १ हजार ६९ विगाह ४ कट्ठा १७ धुर ( ७२४.१६ हेक्टर ) जग्गा नापजाँच गरिएको छ । यस्तै ३, ४, ५, ६, ७, ८ र ९ वडाहरुको नक्साबनाउने कार्य सम्पन्न भएको छ भने ६, ७, ८ र ९ वडाहरुमा भूमिहीनदलित र भूमिहीन सुकुम्बासीको निवेदनमा सातदिने हकदावीको सूचनाप्रकाशनको काम समेत सम्पन्नभएको संयोजक भण्डारीको भनाई छ ।
लमहीनगरपालिकाकानगर प्रमुख जोगराजचौधरीले देशको राजनीतिक घटनाक्रमका कारण भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई समयमा लालपुर्जा दिननसकिएको बताए । ६÷६ महिनामा सरकार फेरबदल हुँदाहामीलाई पनिकामगर्न सकस छ’–उनले भने । यो पटक जनताले धेरै आशा गरेका थिए जग्गाको लालपुर्जा पाउने तर फेरी सरकार परिवर्तन हुँदा जनतामा निरासा छाएको नगर प्रमुख चौधरीको भनाई छ ।
त्यस्तै लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई के गर्दा छिटो छरितो जग्गाको लालपुर्जा दिन सकिन्छ भन्नेबारे आफु गम्भीर रहेको बताए । उहाँहरुलाई समयमै जग्गादिन सकियो भने कृषिउत्पादनमा सघाउ पुग्ने गरि अन्य कार्यक्रमल्याउन सकिने नगर उपप्रमुख योगीको भनाई छ । हामीहरुले स्थानीय पालिकाबाट गर्नु पर्ने सबै कामहरु क्रमश गर्दै गैरहेका छौं तर केन्द्रीय राजनीतिले गर्दा समस्याउत्पन्न भएको छ’– नगर उपप्रमुख योगीले भने ।
