
Rgp
Unsku
Pbu
Srbpu
Rgp1
Sgr
Lnp
pku
Ggp

Ssm
Rgu
Rgu
nsb
Wsp
Pvg
Rsb
Ggd
Asm
Sls
Ksm
Bbu
Sbs
Hal
Gst
Vor
Rgs
Tsm
Bbbpu

Mks
Bml
Pls
sab
Syp
Jmb
Abd
Rpp
bbt
Jmb
Rmb
Gsb
Ptm
दाङ । देउखुरी राप्ती गाउँपालिकाकाे विकट पहाडी गाउँ करङ्गेकाेटमा शुक्रबार व्यक्तिगत घटना दर्ताका शिविर सम्पन्न भएको छ।
राप्ती गाउँपालिकाकाे आयोजना तथा पाँच नम्बर वडा कार्यालयकाे समन्वयमा शिविर सम्पन्न हाे । शिविरमा जन्मदर्ता,मृत्युदर्ता,विवाह दर्ता,बसाईसराई र सम्बन्ध बिच्छेद जस्ता एघार वटा व्यक्तिगत घट्ना दर्ता भएका छन् ।
गाउँपालिकाकाे विकट पहाडी गाउँका कतिपय स्थानीयहरुले अझै पनि काम परे मात्र ब्यक्तिगत घटना दर्ता गर्ने भएकाले शिविर नै सञ्चालन गरेर त्यस्ता घट्ना दर्ता गरिएको राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीले बताए । त्यस्तै अध्यक्ष चाैधरीले समयमै व्यक्तिगत घट्ना दर्ता गर्न ग्रामीण गाउँका स्थानीयहरुमा सचेतना समेत फैलाउन आवश्यक रहेको बताए ।
शिविरमा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी,वडा सदस्य भुपलाल थापा मगर,वडा सचिव कल्पना खनाल,राप्ती गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख नारायण बहादुर राउत,फिल्ड सहायक सबिता चाैधरी, विष्णुमाया चाैधरी लगायतको सहभागीता रहेको थियो ।
