Sidha Patra शुक्रबार, बैशाख ०७, २०८१

दाङ । गोरक्षपात्रदेबता सिद्वरत्ननाथको प्रतिक पिर सहितको यात्राको टोली भारतको बलरामपुर जिल्ला तुलसिपुरमा पर्ने देबिपाटन मन्दिरबाट नेपाल फर्किएको छ ।

गत चैत्र २३ गते बिहान दाङको घारोही उपमहानगरपालिका वडा नम्बर १७ मा अबस्थित सिद्धरत्ननाथ मन्दीर चौघेराबाट बिभिन्न स्थानिय कलासस्कृति झल्कने झाकी र रथ यात्रा सहित देबिपाटनका लागी प्रस्थान गरेको पात्रदेबता सहितको यात्राको टोली १५ दिन पछि पुन: रतननाथ मठ चौघेरा आईपुगेको हो ।

बिहिबार राति देबिपाटनबाट नेपाल फिर्ता भएको रतननाथका मठाधिश सहितको महन्तहरुको टोली रथ यात्रा सहित शुक्रबार बिहान गोरक्षपात्रदेबता सिद्वरत्ननाथ मठ घोराही १७ चौघेरा आईपुगेको यात्रामा सहभागी बलदेब योगीले जानकारी दिए ।

गत चैत्र २३ गते दाङबाट भारतको देबिपाटनको लागी यात्रारत टोलीले साबिकका रतननाथको बिश्राम स्थलहरु देउपुर गोरक्षधाममा पाँचदिन, गढवाको कोईलाबासमा १ दिनको विश्रामपछि गत चैत्र २९ गते कोईलाबासदेखि भारतको जरुवा स्थित जनकपुर रतननाथ बिश्राम स्थलमा दुई दिन बिश्राम गरेको थियो । २०८१ साल बैशाष १ गते पंचमीका दिन पात्रदेबता लियर नक्टी नालाबाट रथ,झाकी सहितको पदयात्रा हुँदै यात्रा तुलसिपुरको देबिपाटन पुगेको थियो । पचमीदेखि रामनवमीसम्म नेपालका मठाधिशबाट पाटेश्वरी देबिको नित्य पुजा आरधना गर्ने परम्परागत चलन छ । सोहि प्रचलन अनुसार रामनवमी सम्म नेपालका पिरबाट पाटेश्वरी देबिको पुजाआजा भएको महायात्रा मुल आयोजक समितिका उपाध्यक्ष डाक्टर भोलानाथ योगीले बताए ।

त्यस्तै पाटेश्वरी देबिको पुजा सगै दुबै देशका मठाधिश सम्मलित दलिचा बैठक भएको र उक्त बैठकमा शोभायात्राको बिषयमा समिक्षा भएको बताईएको छ । उक्त बैठकमा देबिपाटनका मठाधिश मिथिलेश नाथ योगिले नेपालको स्थानिय लोक सस्कृति सहितको शोभायात्राले आफु उत्साहित भयको बताउनु भयको प्रतिकृया दिएको र आगामी बर्षहरुमा यात्रालाई अझै भब्य र ब्यबस्थित बनाउन प्रयत्नशिल रहेको बिचार ब्यक्त गरेका थिए । योगीले भने ,नेपालको विभिन्न कला सस्कृति झल्कने झाँकी भेषभुसा,सहितको शोभायात्राले भारत तुलसिपुरका बासिहरु निकै प्रसन्न भएको र “आगामी बर्षहरुमा कार्यक्रमलाई अझ कसरी थप राम्रो बनाउन सकिन्छ भन्ने तर्फ हाम्रो ध्यान जानेछ “गोरक्षपात्रदेब सिद्धरत्ननाथ मठ दाङ घोराही चौघेराका मठाधिश ब्रम्हनाथ योगीले नेपाल र भारत बिचको सास्कृतिक सम्बनधलाई बलियो बनाउन यो यात्रा एतिहासिक हुने बिश्वास ब्यक्त गरे । उनले यात्रालाई थप प्रभाबकारी बनाउन सबैको सहयोग रहने बिबश्वास ब्यक्त गरे ।

बैशाष १ गते नेपालबाट भारतपुगेको रथयात्रा र झाँकी सहितको महायात्रालाई भारतको बिभिन्न स्थानमा भब्य स्वागत गरिएको थियो । यात्रा एतिहासिक भएको र यात्राले नेपाल र भारतबिचको सास्कृतिक सम्बन्धलाई अझ बलियो बनाउन पुलको काम गरेको यात्रा आयोजक समितिका सदस्य सचिब डाक्टर गोबिन्द आचार्यले बताए । देबिपाटन पुगेको गोरक्षपात्रदेबता रतननाथका प्रतिक पिरलाई तुलसिपुरका मठाधिश मिथिलेश नाथ योगीले स्वागत गरेका थिए ।

नेपाल भारत देबिपाटन यात्रा ८ सय ९ बर्षदेखि शुरु भएको भन्ने मान्यता छ । तथापि यस अघि रतननाथ मन्दिरका पिर,सहित नाथ सम्प्रदायका सिमित मानिसहरुको सहभागितामा यात्रा हुँदै आएकोमा यो बर्ष लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा बिभिन्न जातजाति,भाषाभाषिका मौलिक लोक कला र सस्कृति झल्कने झाँकी र सयौंको सख्यामा सबै समुदायका मानीसहरुको महायात्रामा सहभागिता रहेको थियो । २०५२ सालपछि साघुरीदै गएको देबिपाटन यात्रा यो बर्ष एतिहासिक बनेको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]