Sidha Patra शुक्रबार, बैशाख ०७, २०८१

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन सिजलले स्वास्थकाे समृद्धका लागि दक्ष जनशक्ति निर्माण गर्नु पर्ने बताएका छन् ।

मन्त्री पुनले राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा स्नातकोत्तरतह अधययणरत विद्यार्थीकाे स्वागत तथा अध्ययन कार्यक्रमकाे उद्घाटन कार्यक्रममा यस्तो बिचार व्यक्त गरेका हुन् ।

मन्त्री पुनले नेपालको स्वास्थ्य क्षेत्रको समृद्धि बिना अन्य क्षेत्रको समृद्धि नहुने बताए । हरेक नेपाली नागरिकहरू स्वस्थ भयो भने देश आफै स्वस्थ हुने बताउँदै उनले राज्यले नागरिकहरूको स्वास्थ्य सेवामा लगानी गर्नुपर्ने बताए ।

आफू लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्री भएपछि पहिलो कार्य जनताको स्वास्थ्य नै समृद्धि बनाउने तर्फ लाग्ने बताउँदै हरेक नागरिकको स्वास्थ्य समृद्धि भयो भने मात्र नेपाल र लुम्बिनी प्रदेश समृद्ध हुने कुरामा सबैलाई ढुक्क रहन अपिल गरे । स्वास्थ्य मन्त्री पुनले आफ्नो कार्यकालसम्म सकेसम्म प्रदेशवासी नागरिकको स्वास्थ्य सुधार गर्ने बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार श्याम लम्सालले यो कार्यक्रम नयाँ भएपनि सबै विद्यार्थीलाई धैर्यतापूर्वक सिक्नका लागि अनुरोध गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]