
nsm
Sssbus1
Bs1
Ssbus
tssbus
Ssbus
Ssbus
Sssbus1
ssbus
Gsl
Pbu

Rgu
Asm
Rgs
Wsp
Bbu
nsb
Bbbpu
Tsm
Sbs
Sls
Ggd
Ksm
Hal
Gst
Ssm
Pvg
Vor
Rgu
Rsb

Ptm
Pls
sab
Gsb
Bml
Jmb
bbt
Rpp
Syp
Mks
Abd
Rmb
Jmb
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा गरेकी छिन् ।
मन्त्रीको शपथ लिन बिहीबार प्रदेश प्रमुखको कार्यालय पुगेकी उनी मन्त्रालयको टुङ्गो नलागेको भन्दै शपथ नलिई फर्केकी थिइन् । मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रालय फुटाएर पछि जिम्मेवारी दिन्छु भनेपछि टीकाले शपथ नलिई सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेकी हुन् । नाउपाबाट कैलाश चौधरी भने भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । उनले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका थिए ।
त्यस्तै मुख्यमन्त्री सोडारीले कैलाश चौधरी र अर्का सांसद टीका थापालाई तत्काल विना विभागीय मन्त्रीको शपथ खुवाउन खोजेका थिए । तर थापाले शपथ लिन नमानेपछि स्थिति तनावपूर्ण बनेको हो ।
