Sidha Patra शुक्रबार, बैशाख ०७, २०८१

काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ मा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ५२ जना घाइते भएका छन् ।

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी पिस्कर जान लागेको बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार बा ४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो ।

त्यस्तै घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेरूलाई उपचारका लागि अस्पताल पठाइसकिएको जनाइएको छ । दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भइनसकेको प्रहरीले जानकारी दिएको छ । रोल्वालिङ यातायातको त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

यस्तै दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उनले बताए । बस भिरमा खसेकाले उद्धारमा केही समस्या भएको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]