
Rgp
Unsku
Sgr
Ggp
Pbu
pku
Srbpu
Lnp
Rgp1

Vor
Pvg
Sbs
Rgu
Rgs
Bbu
Wsp
Rsb
Tsm
nsb
Ggd
Bbbpu
Ksm
Gst
Hal
Sls
Ssm
Rgu
Asm

Rpp
Bml
sab
Rmb
Jmb
Gsb
Ptm
bbt
Jmb
Abd
Syp
Pls
Mks
काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ मा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ५२ जना घाइते भएका छन् ।
दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी पिस्कर जान लागेको बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार बा ४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो ।
त्यस्तै घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेरूलाई उपचारका लागि अस्पताल पठाइसकिएको जनाइएको छ । दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भइनसकेको प्रहरीले जानकारी दिएको छ । रोल्वालिङ यातायातको त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।
यस्तै दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उनले बताए । बस भिरमा खसेकाले उद्धारमा केही समस्या भएको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए ।
