दाङ । देउखुरीको तरुलियामा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेका छन् ।
त्यस्तै आगलागी भएको समयमा घरभित्र कागजात लिन जाँदा उनी जल्न पुगेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । मृतक बोटेको गोठबाट सुरु भएको आगलागी उनको घर हुँदै अन्य दुई घर पनि जलेर नष्ट भएका छन् । आगलागी बिहीबार ५ बजे आगलागी भएपनि लमही नगरपालिकाबाट झन्डै ३० किलोमिटरको दूरीमा रहेको उक्त गाउँमा दमकल पुग्न समय लागेको हो ।
यस्तै लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल,नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो बिहीबार राति नै राती नियन्त्रणमा लिइएको प्रहरीले जानाएको छ ।