दाङ । मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मानपुर डुरुवा सडकखण्डमा बिहीवार बिहान ९:३० बजे रा ३ प २५२० नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।
त्यस्तै मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मानपुर निवासी ५ वर्षीय सुशान्त चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल लगिएको थियो ।
यस्तै उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।