काठमाडौं । झापामा नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा झापा गाउँपालिका वडा नम्बर १ घर भई काठमाडौं चाबहिलमा फ्रेण्डसिप ब्युटी एण्ड स्पा सञ्चालन गर्ने ३४ वर्षीया पूजा लोवा र चितवन घर भई काठमाडौं गंगाहिटी बस्ने ४३ वर्षीया पूजा मगर भनिने ओमकुमारी पुन रहेका छन् ।
उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले आइतबार पक्राउ गरेको हो । उनीहरुले रेष्टुरेन्टमा र स्पामा नाबालिकाहरुलाई यौन व्यवसायमा लगाएको आरोप लागेको छ । यस्तै पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसारको कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको ब्यूरोका एसपी तथा प्रवक्ता ज्ञानेन्द्र फुँयालले जानकारी दिए ।