
ssbus
Sssbus1
nsm
Ssbus
Ssbus
Ssbus
Sssbus1
tssbus
Bs1
Gsl
Pbu

Ksm
Vor
Asm
Gst
Tsm
Bbbpu
Rgu
Ggd
Rsb
Hal
Pvg
Ssm
Rgu
nsb
Rgs
Wsp
Sbs
Bbu
Sls

Gsb
bbt
Ptm
Jmb
Jmb
Rpp
Bml
Syp
Mks
Rmb
Pls
Abd
sab
दाङ । नेकपा एमाले गढवाले पार्टी केन्द्रले निर्धारण गरेको बैचारीक अभियान अन्तर्गत वडा–वडामा कार्यकर्ता प्रशिक्षण अभियानलाई निरन्तरता दिएको पार्टीका गढवा इन्चार्ज तथा केन्द्रिय सदस्य साजिदा सिद्दिकीले बताए ।
अभियान अन्तर्गत वडा नम्बर १ मा बृहत्त रुपमा प्रशिक्षण कार्यक्रम सम्पन्न भै सकेको र अन्य वडाहरुमा तिब्र रुपमा कार्यक्रम संचालनले निरन्तरता पाईरहेको पार्टीका गाउँपालिका अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए ।
यसैबिच आईतवार गढवाको ४ नम्बर वडा स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको एमाले गढवाले जनाएको छ । पार्टीका वडा अध्यक्ष कमल खड्काको अध्यक्षता र केन्द्रिय सदस्य साजिदा सिद्दिकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिद्दिकी सहित जिल्ला सचिव तथा प्रदेश सचिवालय सदस्य मनोहर बुढाथोकी, प्रदेश सदस्य सुरामणी बेल्वासे र प्रदेश सल्लाहकार मोहन कुमार पाण्डेयले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा पार्टीका प्रदेश सल्लाहकार कमला आचार्य,सामुदायिक बिद्यालय महासंघ लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज पोखे्रल, जिल्ला सदस्यहरु सानुनारायण अधिकारी, सिता चौधरी, लोकराज अधिकारी र अनेमसंघ दाङका सदस्य कल्पना घिमिरे र एमाले गढवाका सचिव केशरी गिरी लगायतले बोलेका थिए । भुवन कुमार घिमिरेको स्वागत मन्तब्यबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको संचालन पार्टीका वडा नं. ४ का सचिव चेतबहादुर थापाले गरेका थिए ।
त्यस्तै अभियान अन्तर्गत वडा नम्बर ५ मा बैशाख ५ गते, वडा नं. ७ मा बैशाख ७ गते, वडा नम्बर ८ कोइलाबासमा बैशाख ९ गते र वडा नम्बर ६ गढवामा बैशाख १० गतेलाई तयारी पुरा भएको र वडा नम्बर २ र ३ मा बैशाख १० पछि गरिने एमाले गढवाले जनाएको छ । प्रशिक्षण अभियान संगसंगै पार्टीको संगठित सदस्यता नविकरण गर्ने र पालिका तथा जिल्ला अधिवेशनको तयारी गरिने एमाले दाङले जनाएको छ ।
