Sidha Patra सोमबार, बैशाख ०३, २०८१

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ५, सीसाखानीमा रहेको बुद्धचित्तको रुख काटिएको प्रकरणमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ ।

काभ्रेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार,घटनामा संलग्न रहेको आशंकामा श्यामकृष्ण मैनाली र अर्का राधाकृष्ण मैनाली पक्राउ गरिएको हो ।

त्यस्तै रुखका धनीले वार्षिक ३ करोड रुपैयाँ दिने गरी ५ वर्षलाई सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेका थिए । तर, भर्खर फुलखेल्दै गरेको ठकुरानी तामाङको बुद्धचित्तको रुख बिहीबार राति काटिएको थियो ।अर्को पक्षले रुखको ठेक्का नपाएपछि काटिएको हुनसक्ने आशंका गरिएको छ । घर वरपर सकेट बम राखेर रुख काटिएको थियो । घर धनीलाई बाहिर निस्कन समेत नदिई अज्ञात समूहले रुख काटेको थियो । लगत्तै प्रहरीले रुखधनीका परिवारलाई धम्की दिएको पाइएपछि मानबहादुर तामाङ (सिजन) लाई काठमाडौंबाट पक्राउ गरेको थियो । शनिबार साँझ दुर्गालाल तामाङ (प्रभात) पनि पक्राउ परेका थिए । उनलाई बुद्धचित्तको रुख काट्ने योजनाबारे पहिल्यै जानकारी भएको प्रहरीको दाबी रहेको छ ।

यस्तै बुद्धचित्तको रुखमा फल्ने दाना धार्मिक प्रयोजनका लागि प्रयोग हुने गर्छ । नेपालको काभ्रेमा फल्ने बुद्धचित्तको दाना प्रशोधन गरेर चीन,तिब्बतबाहेक जापान,मकाउ, थाइल्यान्ड, कोरिया,भियतनाम लगायत देशमा पनि पठाउने गरिन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]