
Pbu
Unsku
Rgp
pku
Rgp1
Lnp
Sgr
Srbpu
Ggp

Sls
Bbbpu
nsb
Rgu
Ssm
Rsb
Ksm
Gst
Tsm
Bbu
Hal
Vor
Pvg
Asm
Wsp
Sbs
Rgu
Ggd
Rgs

Syp
Ptm
Rpp
Bml
Rmb
bbt
Jmb
Pls
Jmb
Abd
Mks
Gsb
sab
दाङ । देउखुरीको कोइलाबासदेखि लागू औषध ६ किलो बढी चरेस सहित एक जना महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १३ डुमरगाउँ निवासी ४१ वर्षिया सुकमाया बुढा रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख (प्रहरी निरीक्षक) नवीन वलीले सीधा-पत्रलाई जानकारी दिएका हुन् ।
ईलाका प्रहरी कार्यालय कोइलाबासका प्रमुख (प्रहरी नायब निरीक्षक) कुमार केसीको कमान्डमा खटिएको प्रहरी टोलीले ६ किलो ८ सय २० ग्राम लागू औषध चरेस सहित बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता जनक बहादुर मल्लले जानकारी दिए ।
त्यस्तै बुढाले उक्त चरेस आफ्नो कम्मरमा बाँधेर गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबासदेखि भारत तर्फ लैजादै गरेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता मल्लले बताए ।
बुढालाई अहिले ईलाका प्रहरी कार्यालय गढवाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक वलीले जानकारी दिए ।
