
Lnp
Rgp
Asbus
Ksbus
Ggp
Ggp
Msbus
Ksbus
Sdc


दाङ । लमही राष्ट्रिय संगितकर्मी संघ लमही नगरको अध्यक्षमा सुरेश पन्थी र कोषाध्यक्षमा देनेस रैदास निर्विरोध विजयी भएका छन्।
शनिबार दाङ्ग जिल्लाको लमहीमा आयोजित दोस्रो प्रथम अधिवेशन, साँस्कृतिक तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमबाट निर्विरोध निर्वाचित भएका हुन् ।
दाङ्ग जिल्लाकै छोटो समयमा भिडियाेग्राफी तथा फोटोग्राफरमा छुट्टै पहिचान बनाउन सफल उनै पन्थी र रैदास‘संघर्ष नै जीवन हो’ भन्ने भावना सहीत अगाडी बढेका राष्ट्रिय संगितकर्मी संघको नेतृत्वमा विजय हासिल गर्नु भएको छ।
प्रथम अधिवेशनबाट सुरेश पन्थीको अध्यक्षतामा १९ सदस्यिय नगर कार्यसमिति समेत गठन भएको छ । पन्थीले सम्पुर्ण कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्न भएकाे थियाे।
लमही नगरको अध्यक्षमा पन्थीको नेतृत्वमा वरिष्ट उपाध्यक्ष सुवास विश्वकर्मा, उपाध्यक्ष् लक्ष्मन चौधरी, महिला उपाध्यक्ष शोभा क्षेत्री, सचिव विश्वज्ञान क्षेत्रि, सहसचिव अञ्जना नेपाली र कोषाध्यक्षमा देनेश रैदास र प्रवक्ता प्रवेश पन्थी निर्विरोध चयन भएका छन्।
त्यसैगरी सदस्यमा चाहाना थापा, अस्मिता मगर, अञ्जना नेपाली, अर्चना नेपाली, अनिता डाँगी, अनिता न्यौपाने, स्मृति पुन मगर, स्मृति केसी, पोषण भण्डारी, सुजल पन्थी, युनिशा आचार्य, लगायत सदस्यमा चयन भएका छन्।
राष्ट्रिय संगितकर्मी संघ लमही नगरको प्रेस सल्लाहकारमा मेगमन बुढा र सल्लाहकारमा योगेन दाहाल, भानु जोशी र निमबहादुर थापालाई चयन गरिएको छ।
अधिवेशन राष्ट्रिय संगितकर्मी संघ दाङका अध्यक्ष श्रीधर कँडेलको अध्यक्षता, संघकै लुम्विनी प्रदेश उपाध्यक्ष उषा दसौतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सन्चालन जिल्ला सचिव भिम बहादुर ओलीले गरेका थिए ।
