Sidha Patra शुक्रबार, चैत्र ३०, २०८०

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन ।

शुक्रबार बसेको प्रदेश सभामा मुख्यमन्त्री महराले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो भने बिपक्षमा २८ मत परेको थियो । मुख्यमन्त्री महरालाई एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेतले विश्वासको मत दिएका थिए ।

त्यस्तै मुख्यमन्त्री महरालाई परेको ४८ मत कुल प्रदेशसभा सदस्यको बहुमत भएकाले विश्वासको मत स्वीकृत भएको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति मगरले घोषणा गरेका छन् । मुख्यमन्त्री महराको बिपक्षमा कांग्रेस र जनमोर्चाले मत दिएका थिए । उनि चैत २३ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]