
pku
Srbpu
Lnp
Rgp
Sgr
Pbu
Rgp1
Unsku
Ggp

Rsb
nsb
Rgs
Vor
Rgu
Pvg
Tsm
Wsp
Hal
Sls
Gst
Ksm
Rgu
Sbs
Bbu
Bbbpu
Asm
Ggd
Ssm

Gsb
Bml
Jmb
Rmb
Rpp
Syp
Jmb
Abd
Mks
bbt
sab
Ptm
Pls
दाङ । पछिल्ला समय फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा कसैलाई सहयोग गरेर जन्मदिन मनाउनेको सँख्या बढ्न थालेको छ ।
परिबर्तित समयमा जन्मदिन मनाउनेहरु पनि परिबर्तन हुँदै गएका हुन । लमही निवासी महेश थापा ठेँडीले बिहिवार आफ्नो ३० औँ जन्मदिनको अबसरमा बेसाहारा हरुसँग जन्मदिन मनाएका छन ।
सिसहनियामा रहेको निलसागर सेवाआश्रममा रहेका आमाबुवालाई २ बोरा चामल, नुन, तेल, बिस्कुट फलफुल सहयोग गरेका हुन । फजुलखर्च भन्दापनि गरिब दिनदुखी लाई सहयोग गरेर जन्मदिन मनाउन पाउँदा हर्षित भएको थापाले बताए । लमही नगरपालिका प्रशासन प्रमुख पदमा जिम्वेवारीमा रहेका थापाले आगामी दिनमा सधै दिनदुखीको सेवा गरेर जन्मदिन मनाउने बताए ।
बेसाहारा आमाबुवाको गतिलो साहारा बनेको आश्रममा हाल २३ पुरुष र २ महिला गरि २५ जना छन । सेवाआश्रमले सडकमा ब्यबारिसे भेटिने ब्यसाहारा हरुलाई सेवा दिँदै आईरहेको छ ।
सहयोगी दाताहरुबाटै आश्रम चलेको र हाल सरकारी निकायबाट कुनै किसिमको सहयोग नरहेको आश्रमका कार्यबहाक अध्यक्ष गरिबु चौधरीले बताए । पहिले धेरै आमाबुवा भएको र केहीलाई आफन्ती सम्पर्कमा आएपछि जिम्मा लगाईएको चौधरीले बताए ।
