
Pbu
Sgr
Srbpu
Unsku
Lnp
Ggp
Rgp
pku
Rgp1

Rsb
Hal
Ssm
Rgu
Ggd
Asm
Wsp
Pvg
Sls
Ksm
Bbbpu
Rgu
Sbs
Rgs
Bbu
Gst
Tsm
Vor
nsb

Ptm
Pls
Gsb
Rpp
Jmb
Jmb
bbt
sab
Bml
Syp
Abd
Rmb
Mks
दाङ । देउखुरीको गढवा गाउँपालिकाले भैंसी पालक कृषकहरुलाई बिहिवार एक कार्यक्रमको बिच उन्नत जातको वीउ राँगा वितरण गरेको छ ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले भिटा परियोजना मार्फत भैंसी पालक कृषकहरुलाई ५ वटा उन्नत जातको वीउ राँगा वितरण गरिएको बताए । गढवाका महिला दिदिबहिनीहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउनको लागि पालिकाले सबै भन्दा ठुलो भिटा परियोजना मार्फत कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलतामा बिशेष कार्यक्रमहरु गरिरहेको बताउदै बाख्रा पालन कृषक लाई उन्नत जातको बाख्रा र बोका वितरण गरेका छौ भने यादव समुदाय बिशेष गरी भैँसी पालक कृषकहरुलाई मध्येनजर गर्दै उन्नत जातको राँगा वितरण कार्यक्रम अघि बढाएको बताए ।
त्यस्तै पालिकाले विभिन्न वडामा बाख्रा,भैसी तथा तरकारी खेती गर्ने कृषकहरुलाई समेटेर समूह बनाएको बताउदै समूह निर्माणको समयमा कृषकहरुबाट प्राप्त सुझाव अनुसार बाख्रा पालकलाई उन्नत जातको बोका र भैंसी पालक कृषकहरुलाई उन्नत जातको वीउ राँगा बितरण कार्यक्रम गरेको बताए । राँगो नहुँदा समयमा राँगो नपाईने अर्काको घरमा लैजाने र कृतिम गर्भधान पनि सोचे जस्तो सफल नभएकोले आवश्यकता महसुस गरी वीउ राँगा वितरण गरेको अध्यक्ष पोख्रेलले बताए । उत्पादनमा बृद्धि गर्न नश्ल सुधार कार्यक्रम अन्तरगत बाख्रामा वीउ बोका र भैंसी पालक कृषकहरुलाई वीउ राँगा वितरण कार्यक्रम अघि बढाएको बताए ।
पछिल्लो समयमा देशमा नै भैसी पालक कृषकहरु घटेको तर दुग्ध दैनिक जिवनमा प्रयोग हुए भएकोले दुग्ध उत्पादनमा बृद्धि गर्न, खोर, भकारो निर्माण र वीउ बोका र वीउ राँगा वितरण कार्यक्रमलाई विशेष महत्वका साथ अघि बढाएको अध्यक्ष पोख्रेलले जानकारी दिए । “किसानलाई लाभ हुने खालका थप कार्यक्रम आगामी वर्ष ल्याउने तयारीमा छौँ भन्दै किसानलाई राम्रो उत्पादन लिन आग्रह समेत गरे । स्थानीयसरकार सधैँसहयोगी भूमिकामा हुनेछ ।” पालिका अध्यक्ष पोख्रेलले भने ।
त्यसैगरी वीउ राँगा वितरण कार्यक्रममा बोल्दै ६ नम्वर वडाअध्यक्ष वीरबहादुर आले मगरले भैंसी पालेर जिबिकोपार्जन गर्ने घरपरिवारको आर्थिक अवस्था सुधार गर्न पालिकालाई दूधमा आत्मनिर्भर बनाउन भैंसी पालनमाथप सहयोग होस् भनी उन्नत जातका राँगा वितरण गरिएको बताए । वडाध्यक्ष आलेमगरले राँगा वितरण खाली वितरणका लागि सीमित नभएर उत्पादनमा वृद्धिहुने गरी प्रतिफल दिन किसानलाई आग्रह समेत गरे । “किसानहरुलाई स्वरोजगार बनाउन पनि यस कार्यक्रमले भूमिका खेल्ने अपेक्षा छ । पालिकास्तरमा दुध उत्पादनको अवस्थालाई वृद्धि गर्न राँगावितरण गरेका हौँ”, वडाध्यक्ष मगरले भने ।
पालिकाले किसानलाई राँगा वितरण गरेपछि भैसी पालक किसान खुशी भएका छन् । गढवा-६ की किसान उषा कुमारी यादव आफूले भैंसी पाल्दै आएको र भैंसीमै आफू आत्मनिर्भर भएकाले उन्नतजातको राँगो पाएपछि सहज हुने उनको भनाई छ । यसले भैंसी पालन व्यवसायलाई थप बढाउन सहयोग पुग्छ । पालिकाले किसानलाई सघाउने कार्यक्रमले हामी खुशी छौँ”यादवले भने ।
गढवा-२ पचहियाका भानमति यादव पनि गाउँपालिकाबाट उन्नत जातको राँगा पाएपछि खुशी भएका छन् । उनले अनुदानमा पाएको राँगाले आफूले गरिरहेको भैंसीपालन कार्यमा टेवा पुग्ने बताए । “हामीले उन्नत जातको राँगाकिन्न खोजेको बेला पाउन समेत कठिन हुन्छ, उन्नत जातको राँगो भएमा स्थानीय जातको लोकल भैंसीले पनि उन्नत पाडापाडी जन्माउन सक्छन् र दुग्धमा पनि बृद्धि हुन्छ”, यादवले भने, “यसले भैंसी उन्नत खालको हुनुकासाथै नश्ल सुधारमा सहयोग पुग्छ । उन्नत जातका भैंसी धेरै भएमा दुग्ध अभाव पूर्ति गर्न सहयोग पुग्छ।”
गढवा गाउँपालिकाले ५ जना किसानलाई उन्नत जातको वीउ राँगा वितरण गरेको हो । गढवा – २ की भानमती यादव, गढवा – ४ की संगिता न्योपाने, गढवा-६ उषा कुमारी यादव, गढवा-५ हेमन्त कुमारी यादव र गढवा ७ की इन्द्र कुमारी यादवलाई उन्नत जातको वीउ राँगा वितरण गरेको हो । उन्नत जातको वीउ राँगा वितरण कार्यक्रममा गढवा गाउँपालिकाका भिटा परियोजना कार्यक्रम अधिकृत महेश आचार्य, भिटा परियोजनाका फोकल पर्सन भिमकान्त चौधरी, लगायतकाले बोलेका थिए भने कार्यक्रमको सञ्चालन भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले गरेका थिए ।
