Sidha Patra बिहिबार, चैत्र २९, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा इलाम क्षेत्र नम्बर २ का गाउँ घुम्दैछन् । महामन्त्री थापा झापा हुँदै चुनावी अभियानको माहोल बनाउन इलाम पुगेका हुन् ।

आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसका तर्फबाट चुनावी मैदानमा रहेका डम्बर खड्कालाई भोट माग्न थापा इलाम घुमिरहेका छन् । गगनले बिहीबार इलाम क्षेत्र नम्बर २ अन्तर्गत सिकारी भन्ज्याङमा आयोजित पार्टीको कोण सभालाई सम्बोधन गरे । त्यसक्रममा उनले अहिलेको परिस्थितिमा उचाल्नेभन्दा पनि सम्हालेर लानेको आवश्यकता भएको बताए । उत्तेजना र भड्कावको राजनीति गर्न नहुने उनको भनाइ छ ।

त्यस्तै महामन्त्री थापाले विगतमा पनि कांग्रेसले कठिन परिस्थितिलाई सम्हालेको स्मरण गराउँदै कोशी प्रदेशमा जटिल बन्दै गएको पहिचानको मुद्दालाई पनि सम्हालेर अगाडि लैजानुपर्ने बताए । ‘यो बेलामा उचाल्ने होइन सम्हाल्ने पार्टी चाहिएको छ। पहिचानको मुद्दालाई सम्हालेर लैजान सक्नुपर्छ,’, महामन्त्री थापाले भने । ०४८ मा कांग्रेसले दुई तिहाइ बहुमत पाएको प्रसंग स्मरण गराउँदै उनले त्यसबेला पनि कांग्रेसले उत्तेजनाको कुरा नगरेको बताए ।

यस्तै उनले वर्तमान संविधान बन्दै गर्दा पनि नेकपा (एमाले) ले ‘माओवादीलाई ठेगान लगाऔं’ भन्दा कांग्रेसले नै माहोल सम्हालेको दाबी गरे । अब पछिल्लो समय जटिल बन्दै गएको पहिचानको मुद्दालाई पनि कांग्रेसले सही तरिकाले अगाडि बढाउने उनको भनाइ छ । पार्टी सभापति शेरबहादुर देउवाले इलाम–२ को चुनावी कमाण्डर अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई बनाए पनि केन्द्रीय नेताहरु इलामका गाउँ घुमिरहेका छन् । पूर्वी नेपालमा पहिचानको मुद्दा पेचिलो बन्दै गएपछि इलाम २ को उपनिर्वाचनमा शीर्ष दलहरु पहिचानवादीहरुसँग डराएको अवस्था छ ।

त्यस्तै २०७९ को आम निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित नेकपा (एमाले)का उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । कांग्रेसले इलाम–२ मा कांग्रेसका खड्का गत निर्वाचनमा स्वर्गीय सुवास नेम्वाङसँग झिनो मतले पराजि भएपछि देउवाले दोस्रो अवसर दिएका हुन् ।

यसैगरी नेम्वाङको र खड्काबीचको मतान्तर जम्मा १४४ मात्रै रहेको थियो । कांग्रेस यो उपनिर्वाचनको नतिजा जसरी पनि आफ्नो पोल्टामा पार्ने दाउमा रहेकोे छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]