Sidha Patra बिहिबार, चैत्र २९, २०८०

दाङ । घोराही स्थित गोरक्षपात्र देवता सिद्धरत्ननाथ देबिपाटन यात्रा बिहिबार बिहान भारतकाे जनकपुर प्रस्थान गरेकाे छ ।

गत चैत २३ गते दाङ घाेराहीकाे गाेरक्षपात्रदेब सिद्वरत्ननाथ मन्दिरबाट सुरू भएको देविपाटन महायात्रा बिहिबार दाङकाे काेईलाबासबाट भारत प्रस्थान गरेको हाे । बिहिबार र शुक्रबार भारतकाे जनकपुरमा रहेकाे सिद्वरत्ननाथ मठमा विश्राम हुने गरि यात्रा भारत प्रस्थान गरेकाे हाे ।नेपालको तर्फबाट गोरक्षपात्र देवता सिद्धरत्ननाथ मन्दिर चौघेराबाट हरेक वर्ष चैत्र पञ्चमीका दिन भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थीत पाटेश्वरी मन्दिर पुग्ने परम्परागत चलन छ । भारत जनकपुरमा दुई दिन विश्राम गरि २०८१ साल बैशाष १ गते पचमीका दिन देबिपाटन पुग्ने गरि यात्रा अघिबढेकाे आयाेजक समितिका अध्यक्ष महन्त सुरतनाथ याेगीले जानकारी दिए ।

भारत प्रबेश गर्दा नेपालभारत सिमाबर्ति क्षेत्र काेईलाबासमा आईपुगेका भारतीय भक्तजनहरूले यात्रामा सहभागीहरूलाई बिहिबार बिहान पुष्पवर्षा गराउँदै भब्य स्वागत गरेका थिए । हरेक वर्ष निरन्तर रूपमा भइरहेको देबिपाटन यात्रा बि.सं. ८०९ देखि निरन्तर चल्दै आएको इतिहास छ ।

चैत्र २३ गते घाेराहीबाट विशेष तामझामका साथ शुरु भएकाे यात्रा लमही नगरपालिका- ६ देउपुर गोरक्ष धाममा पाँच दिनको बसाईपछि बुधाबार बिहान कोइलाबास पुगेकाे थियाे । भारतको जनकपुरमा २९ र ३० गते जनकपुरकाे विश्राम पछि वैशाख १ गते पंचमी तिथि शनिबारका दिन जनकपुरबाट देविपाटनका लागि विशेष तामझामसहित गोरक्ष पात्रदेवताको रथयात्रासहितको महायात्रा प्रस्थान हुनेछ ।

नयाँ वर्ष २०८१ वैशाख १ गते बिहान ९ बजेसम्म देविपाट पुगिने कार्यतालिका रहेको छ भने वैशाख ६ गतेसम्म देविपाटको बसाईपछि ६ गतेको रात्रिकालीन समयमा देविपाटबाट पुनःरत्ननाथ मन्दिर चौघेराको लागि फिर्ता हुने कार्यक्रम रहेको छ । सात गते पुनःरत्ननाथ मन्दिर चौघेरामा पात्रदेवतासहितको टोली आइपुग्ने र ८ गतेका दिन कार्यक्रमको समापन गरिने जनाइएको छ ।

एतिहासीक रत्ननाथ देबिपाटन यात्राले नेपाल र भारतबिचकाे सास्कृतिक सम्बन्धलाई थप मज्बुत बनाउन सहयाेग पुग्ने भारत जनकपुरका मठाधिश प्र दिप पान्डेयले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]