
Dbs
Asb
lnp
Ggp
Rgp
ksb
Lks
Rgp
Rgp
Sgp
Dus
Ggp
Pbu
Usb
Rgp
Jns
Lnp


दाङ । लुम्बिनी प्रदेशको गढवा गाउँपालिका वडा नम्बर १ वडहरा स्थीत कुलपानी सामुदायिक बन उपभोक्ता समुहले सञ्चालनमा ल्याउन थालेको काष्ठ संग्राहलयको आइतबार उदघाटन गरिएको छ ।
परम्परागत रूपमा काष्ठ सामाग्रीको संग्रह गरिएको काष्ठ संग्राहलयको लुम्बिनी प्रदेशका तिन प्रदेश सभा सदस्य तथा दुई गाउँपालिका अध्यक्षले संयुक्त रुपमा ढिकी कुटेर र कोल पेलेर उदघाटन गर्नु भएको हो । कुलपानी समुह, स्थानिय पालिका, बन महासंघ, बन कार्यालय, स्थानीय उपभोक्ता, हरियोबन कार्यक्रम तथा ब्यक्तिगत सहयोग दाताको संयुत्त लगानीमा सुरु गरिएको परम्परागत काष्ठ सामाग्रीको संग्रह गरिएको काष्ठ संग्राहलयको लुम्बिनी प्रदेश सभा सदस्य अमर बहादुर डाँगी, अर्जुन कुमार श्रेष्ठ र ईन्द्रजित चौधरी, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले संयुक्त रुपमा उदघाटन गर्नु भएको थियो ।
पर्यटकीय स्थलको रुपमा विकास गर्ने उदेश्यका साथ समुहले हरितपार्कको विकास गरिरहेको बेला काष्ठ जन्य सामाग्रीको संरक्षण तथा पुस्तान्तरणका लागि काष्ठ संग्राहलयको स्थापना गरिएको र आगामी दिनमा धेरै भन्दा धेरै पुरानो चलनमा प्रयोग हुदै आएका काठका सामाग्री संग्राहलयमा राखीने समुहका अध्यक्ष नवराज शर्माले उदघाटन कार्यक्रममा जानकारी गराउनु भयो ।
सो कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अमर बहादुर डाँगी, अर्जुन कुमार श्रेष्ठ र ईन्द्रजित चौधरी, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले कुलपानी समुहले सुरु गरेको हरित पार्क, धार्मीक पर्यटकीय स्थल, सिमसार संरक्षण, ताल तलैया तथा काठका सामाग्री संग्राहलयको विकास र संरक्षणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
त्यस्तै कार्यक्रममा काष्ठ संग्राहलयको ब्यवस्थापनका लागि समुहलाई तिन लाख रुपैया समेत केन्द्रिय बन महासंघ, बन महासंघ दाङ र हरियो बन कार्यक्रमको तर्फवाट समुहका अध्यक्षलाई हस्तान्तरण गरिएको छ । कुलपानी बन समुहले आफ्नो धार्मीक स्थल, पार्क, क्षेत्रमा बाल उद्यान, पीकनिक स्थल, डुङ्गा सयर, बन सफारी, तलाउमा फिसीङ्ग, फलफुल बगैचा, काष्ठ उद्योग सञ्चालनमा ल्याएको छ ।
