Sidha Patra बुधबार, चैत्र २८, २०८०

काठमाडौँ । सर्लाही स्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापा विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अनुसन्धानको जाँच अवधिमा थापाको सम्पूर्ण व्यय (खर्च तथा लगानी) मा घर/जग्गा खरिद,विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूबाट उपभोग गरेको कर्जा/ऋणको साँवा व्याज तिरेको रकम,जीवन बीमा प्रिमियम भुक्तानीमा भएको खर्च, विभिन्न कम्पनीहरूमा लगानी भएको खर्च,अध्ययन खर्च,शेयर खरिद खर्च,सवारी साधन खरिदमा भएको खर्च, सेवा दस्तुर बापत तिरेको रकम र बैंक मौज्दात रकमसमेत गरी १३ करोड २० लाख तीन हजार तीन सय ९१ रुपैयाँ ८४ पैसा खर्च तथा लगानी भएको देखिन्छ । त्यसमध्ये मध्ये पाँच करोड ३३ लाख ५३ हजार एक सय ८९ रुपैयाँ ६६ पैसाको स्रोत नखुलेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै आयोगका अनुसार थापाको वैध आय सात करोड ८६ लाख ५० हजार दुई सय एक रुपैयाँ ४८ पैसा देखिन्छ । यसरी कुल वैधानिक आयलाई थापाले गरेको कुल व्ययसँग तुलना गर्दा उनको आयस्रोत र आर्जन गरेको सम्पत्तिबिच तादात्म्य नदेखिएको र सम्पत्ति ऋणात्मक देखिएको आयोगको अनुसन्धानबाट खुलेको छ । सार्वजनिक पद धारण गरेका मेयर थापाले सार्वजनिक पदको दुरुपयोग गरी पाँच करोड ३३ लाख ५३ हजार एक सय ८९ रुपैयाँ ६६ पैसाका गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।

यस्तै उनीविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर पुष्टि हुन आएको भन्दै बिगोसहित जरिवाना र कैद सजायको मागदावी लिएको छ । थापाले सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट एकासगोल परिवारका सदस्यहरू श्रीमती रेश्मी कुमारी घिमिरे थापा,भाइ राम कुमार थापा र भाइ बुहारी द्वारिका राउतको नाममा खरिद गरिएका घरजग्गा,विभिन्न कम्पनीमा गरेको लगानी,शेयर खरिद,जीवन बीमा प्रिमियम भुक्तानी र बैंक खातामा मौज्दात रकम लगायतमा गरिएका खर्च बरावरको स्रोत नखुलेको आयोगले जनाएको छ ।

त्यस्तै आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार थापाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिबाट श्रीमती, भाइ र बुहारीको नाममा घरजग्गा खरिद गरेको देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निजहरू रेश्मी कुमारी घिमिरे थापा, राम कुमार थापा र द्वारिका राउतलाई प्रतिवादी कायम गरेको छ ।

यस्तै उनीहरूको नाममा हाल कायम रहेको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्तिबाट बिगो जफत/असुल उपरगरी पाउनसमेत मागदाबी लिइएको प्रवक्ता घिमिरेले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]