
Ggp
Unsku
Rgp1
Sgr
Srbpu
Pbu
Rgp
pku
Lnp

Vor
Wsp
Rgu
Pvg
Sbs
Gst
Ksm
Bbbpu
Rgu
Sls
Rsb
Rgs
Bbu
Tsm
Hal
Ssm
Ggd
nsb
Asm

Rmb
Ptm
Syp
bbt
Jmb
Pls
Mks
sab
Bml
Abd
Rpp
Gsb
Jmb
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुरमा यतिबेला भाइरल रोड छ । जसमा अहिले पनि फोटो खिच्न जाने,घुम्न जानेहरुको भिडभाड नै हुन्छ । तर यही रोडको छेउँछाउँमा रहेको हापुर रमना, बसन्तपुरलगायतका टोलका सयौ घरधुरी यतिबेला काकाकुल अवस्थामा छन् ।
त्यस्तै हापुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति स्किम नम्वर २ ले यस क्षेत्रमा पिउने पानीको व्यवस्था गर्नका लागि विभिन्न कार्यहरु गरिरहेको छ । तर समितिले नियमित साधारणसभा,अधिवेशन, संस्थाको अडिटलगायतका कार्यहरु लामो समयदेखि नगरेका कारण क्रमशः समितिका कामकारबाहीहरु शंकास्पद बन्नुका साथै पिउने पानी वितरण प्रणालि पनि बिग्रिएको स्थानीयबासीहरुको गुनासो छ ।
पछिल्लो दुईवर्षदेखि पानीको समस्या व्यापक बढ्न थालेपछि पटकपटक यस वि षयमा समितिलाई भन्दा पनि वेवास्था गरिएका कारण समितिको कार्यालयमा तालाबन्दी गर्नुपरेको रमना टोलकी अनिष्मा डाँगीले जानकारी दिए । उनले ऋणकर्जा गरेर १० हजार धरौटी अनि थप हजारौ रकम खर्च गरेर घरमा धारा जोडेपनि हालसम्म पानीको थोपा नचुहिएको बताए ।
तालाबन्दी कार्यक्रममा सहभागि अनिष्मा प्रतिनिधिपात्र मात्र हुनुहुन्छ, उहाँजस्तै पीडाको पोका बोकेर दिलमाया खड्का, सिता चौधरीलगायतका सयौ महिला पुरुषहरु मंगलबार दिनभर खानेपानी समितिको कार्यालय अनि खानेपाीको मुहान क्षेत्रमा अनुगमनमा खटिएका थिए । अनुगमनका क्रममा मुहान क्षेत्रपनि प्रदुषित अवस्थामा भेटिएको स्थानीय बासीहरुको गुनासो छ । फोहोर पानी उपभोक्तालाई पिउनका लागि वितरण गरिरहेको स्थानीय समाजसेवी गोबरधन योगी बताउछन् । मुहान क्षेत्र अनुगमन अनि पानी वितरण प्रणालीको विषयमा बुझेपछि समितिका अध्यक्ष जयबहादुर बुढा,कार्यबाहक कोषाध्यक्ष दिर्घराज न्यौपाने,केही सदस्यहरु र कार्यालयका कर्मचारीहरु समेतको उपस्थितिमा स्थानीय बासीहरुले समितिको कार्यालयमा तालाबन्द गरेका थिए ।
तालाबन्दी पश्चात् तालाको साँचो वडाकार्यालयमा पुगेर वडासदस्य भिमसेन थापालाई घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनको रोहबरमा रमना टोल विकास संस्थाका अध्यक्ष दामोदर शर्मा, बसन्तपुर टोलका अध्यक्ष रेशम योगीलगायतको टोलीले हस्तान्तरण गरेको थियो । यस विषयमा बुधबार १० बजे विशेष छलफल गरी निकास निकालिने वडाध्यक्ष गजेन्द्र बहकरीले जानकारी दिए । हापुर क्षेत्रमा पिउने पानीको समस्या व्यापक भएको गुनासो बढेपछि घोराही बनाऔं अभियानले गत माघ १६ गते खानेपानी समिति, वडाध्यक्ष, स्थानीय टोलविकास संस्था र स्थानीयबासीहरुलाई एकै थलोमा राखेर छलफल गरेको थियो ।
छलफलमा रमना, बसन्तपुरलगायतका टोलमा पिउने पानीको व्यवस्था गर्नका लागि विशेष उपाए समेत निकालिएको थियो । तर खानेपानी समितिले यस विषयमा क्रमशः ढिलाई गर्दा यतिबेला दिनदिनै पिउनेपानीको समस्या बढि रहेको घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले जानकारी दिए । यता समितिका अध्यक्ष जयबहादुर बुढा, कार्यबाहक कोषाध्यक्ष दिर्घराज न्यौपानेले छिटो भन्दा छिटो संस्थाको अडिट गरेर अधिवेशन गर्ने र तत्कालका लागि दुईवटा पोलहरु गाडेर नयाँ समवयल सञ्चालन गरी सबै ठाउँमा पिउने पानीको व्यवस्था एक साताभित्र गर्ने जनाएका छन् ।
