
Unsku
Rgp
Pbu
Sgr
Lnp
Ggp
Rgp1
pku
Srbpu

Ggd
Vor
Bbbpu
Sls
Pvg
Asm
Hal
nsb
Rgu
Rgu
Sbs
Rsb
Tsm
Bbu
Ssm
Wsp
Ksm
Gst
Rgs

Rpp
Ptm
Mks
Syp
Abd
Rmb
Jmb
Jmb
bbt
sab
Bml
Pls
Gsb
दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ६ को खाङ्ग्रा नाकाबाट एकीकृत सेवा ईकाइ आइतबारदेखि सुरु भएको छ ।
वडा नम्बर ६ का वडा अध्यक्ष श्याम बहादुर रोका मगरको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता र उपाध्यक्ष धनपती यादवको विशेष अतिथिमा भएको एकीकृत सेवा ईकाइ उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बुढाथोकीले जनप्रतिनिधि भैसकेपछि जनताको शासक नभएर सेवक भएर सेवा गर्न आएको बताए ।
आफुहरु निर्वाचित भएर आइसकेपछि पहिलो कार्य शिक्षा क्षेत्रबाट सुरु गरेको र अहिले क्रमशःविभिन्न विकासका कार्यहरु गर्दै आएको बताए । उनले भने जनताको सेवा गर्दैगर्दा कुनै कमीकमजोरी भएको खण्डमा सल्लाह सुझाव दिनपनि आग्रह गरे ।
त्यस्तै सामान्य सिफारिस गर्न बाह्र,१५ हजार खर्चेर देउखुरी क्षेत्र पुग्नु पर्थो,तर अब खाङ्ग्रामै सेवा प्रदान गर्न सकिएकोमा आफू अत्यन्तै खुशी भएको अध्यक्ष बुढाथोकीले बताए । पहिले आफू नाका क्षेत्रमा पुग्दै गर्दा जनताले खेपेको सास्ती देख्दा आफू अत्यन्तै दुखी हुने गरेको त्यो क्षदलाई सम्झदै भने अब जनतालाई थोरै पनि दुख कष्ट दिन नहुने अठोटका साथ आफुहरुले काम गरिरहेको बताए ।
वडा नम्बर ७ को वडा शाखा भवन उद्घाटन भएर कार्य संचालन भएको छ । आज ६ नम्बर वडाको कार्यसम्पादन सुरु गरिएको छ । यसैगरी वडा नम्बर १ मा पनि संरचनाहरु निर्माण भैसकेको छ । तर अहिले ६ र ७ नम्बर वडा अध्यक्ष जस्तै नलागेको र छिटो गर्न आग्रह गर्दापनि अटेरी गरेर नमानेको हुँदा १ नम्बर वडाको शाखा पटौली नाकामा संचालन लिउन नसकेको अध्यक्ष बुढाथोकीले बताए ।
यस्तै कार्यक्रममा उपाध्यक्ष धनपती यादवले नाका क्षेत्रको विकासका लागि आफुले सधै पहल गर्दै आएको बताए । उनले भने वडाको शाखा कार्यालय खोल्नु पर्छ भनेर सधै आवाज उठाएको कार्यक्रममा बताए । यस अघि पनि आफू गाउँपालिकाको उपाध्यक्ष भएको र नाकाको प्रत्येक बस्तीहरुमा पुगेर जनताको समस्यलाई सधै सम्बोधन गर्न तिर लागेको बताए । अहिले नाकाको ३ स्थानमा एकीकृत सेवा ईकाइ संचालन गर्न आफुहरु निरन्तर लागि परेको समेत बताए ।
उनले भने म गाउँपालिकाको उपाध्यक्ष नहुदापनि पहिलेदेखि नाका क्षेत्रमा आउने गरेकि थिए । नाकाको समस्यालाई नजिकबाट बुझेको हुँदा अहिले गाउँपालिकाको जिम्मेवारी पोस्टमा रहेर सधै नाकाको विकासमा तत्पर रहेको उपाध्यक्ष यादवले कार्यक्रममा बताए ।
यस्तै उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेले नाकाको जनताले बर्खाको समयमा विगतका दिनहरुमा झेल्दैआएको समस्या अबदेखि झेल्न नपर्ने बताएका छन् । गाउँपालिकामा नाकाका जनताले सेवा लिउन जादा खेप्नुपरेको समस्यालाई मध्यनजर गर्दै सम्बन्धित वडाको नाका क्षेत्रमा एकीकृत सेवा ईकाइ संचालनमा लिएको समेत अधिकृत पाण्डेले बताए । त्यस्तै उक्त शाखामा प्रत्येक महिनाको पहिलो बुधबार, बिहीबार र शुक्रबार कामकाज हुने र वडा कार्यालयद्वारा दिइने सम्पूर्ण सेवाहरु शाखा कार्यालयबाट दिइने अधिकृत पाण्डेले जानकारी दिए ।
सामुदायिक स्वास्थ्य इकाईका प्रमुख शिवु यादवको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रमको संचालन ६ नम्बर वडा सदस्य तथा कार्यपालिका सदस्य दिलमती वलीले गरेका थिए ।
त्यस्तै कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष श्याम बहादुर रोका मगरले वडा नम्बर ६ को वडा कार्यालयद्वारा खाङ्ग्रा नाकामा एकीकृत सेवा ईकाइ सुरु गर्न पाउदा आफू अत्यन्तै खुशी भएको बताए । कार्यक्रममा भावुक हुँदै उनले भने सो वडा कार्यालयको शाखा भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न खोज्दा दुई,४ जनाले आफू माथि आक्रमण गर्न खोजेको स्मरण गर्दै भने विकास गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए । नाका क्षेत्रलाई चिनाउन र अधिकारहरु प्राप्त गर्नका लागि राजपुरको २२ नाकाले लमहीको वन घ्रुसीमा गरेको लामो आन्दोलनले अहिले नाका क्षेत्रको विकासले गति लिएको समेत बताए ।
हामीले नाकाको समग्र विकासका लागि विगतका दिनमा टाउको फुटायौं,कसैले हात,खुट्टा भाचेयौं, हिरासतमा बसेयौं,ती संघर्षले आज यसरी उपलब्धि प्राप्त गरेको देख्न पाउदा अत्यन्तै खुशी भएको वडा अध्यक्ष रोका मगरले बताए । नाकाको विकासका लागि गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत पनि निरन्तर लागेको भन्दै वडा अध्यक्ष रोका मगरले हार्दिक धन्यवाद समेत दिए । त्यस्तै उनले नाकाको विकासका लागि सम्पूर्ण निकायहरुलाई सहकार्य एवं समन्वय गरेर लाग्न समेत आग्रह गरेका छन् ।


