
Rgp1
Unsku
Lnp
Ggp
Pbu
Srbpu
Sgr
Rgp
pku

Rgu
Vor
Tsm
Pvg
Bbbpu
Ssm
Wsp
nsb
Bbu
Sbs
Ggd
Rsb
Rgs
Sls
Ksm
Rgu
Asm
Gst
Hal

Mks
Abd
Rpp
Rmb
Ptm
Syp
Jmb
Pls
Jmb
Bml
sab
Gsb
bbt
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ हटेवा गाउँका प्रतेक चौधरीको घर-गोठमा आगलागी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको छ ।
खाडलमा फोहोर जलाउन लगाइएको आगो एक्कासी हावाले उदाएर बासको झ्याङबाट सल्केको र सोही झ्याङको आगो आइतबार दिउँसो साढे ३ बजेतिर घर-गोठमा लागेको हो ।
आगोलाई जनप्रतिनिधि,प्रहरी,वन कर्मचारी,डमकल र स्थानीय बासीले राती १० बजेतिर नियन्त्रणमा ल्याएर निभाउन सफल भएको वडा नम्बर ५ का वडा अध्यक्ष टंकबहादुर बिष्टले जानकारी दिए ।
आगलागीबाट बङगुरको खोर एउटा बङगुर,परालको टौवा,अन्नपात लत्ताकपडा,भाडाकुडा सम्पूर्ण जलेर नष्ट हुँदा अन्दाजी ५ लाख बराबरको क्षति भएको वडा अध्यक्ष बिष्टले जानकारी दिए ।
त्यस्तै राजपुर गाउँपालिकाले आगलागी भएको खबर पाउदा साथ तत्काल दुई बोरा चामल,दाल,नुन,तेल तरकारी राहत उपलब्ध गराएको छ । उक्त राहत उपलब्ध गराइसकेपछि गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले विभिन्न निकायसंग राहत संकलन तिर लाग्ने बताए । त्यस्तै उनले सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायलाई आ-आफ्नो स्थानबाट सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।
