
ssbus
Ssbus
Sssbus1
Sssbus1
nsm
tssbus
Gsl
Pbu
Ssbus
Bs1
Ssbus

Hal
Rgu
Bbu
Sbs
Ksm
Pvg
Sls
Rgs
Rsb
Vor
Ggd
Rgu
Ssm
nsb
Bbbpu
Tsm
Wsp
Gst
Asm

bbt
sab
Jmb
Mks
Rmb
Pls
Bml
Jmb
Gsb
Ptm
Syp
Abd
Rpp
दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब महामन्त्री डा. शशाँक कोइरालाले जनताको प्रिय बन्न सुझाएका छन ।
नेपाली काँग्रेस दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै कोईरालाले ठुलो मान्छे होईन सधै असल मान्छे बन्न उत्प्रेरित गरे । जनता तथा कार्यकर्ता भन्दा ठूलो कोही नभएको बताउँदै उनले सधै जनताको पक्षमा उभिएर असल काम गर्नुपर्ने धारणा राखे ।
‘ठूलो होईन असल बन्नुस, सधै जनता र कार्यकर्ताको बिचमा जानुस डा. कोईरालाले भने-सधै जनताको पक्षमा काम गर्नुस । नैतिक्तामा ध्यान दिनुस, नैतिक्ता नै जिवनको मूल्य हो ।’राजनितीमा सोचेको भन्दा फरक भईदिने भएकाले सधै धैर्यताका साथ अनुशासनमा रहँदै नैतिक्ता नै जिवनको मूल्य भएकाले त्यसको संरक्षण स्वत: गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका डा. कोईरालाले महिलाहरुपछि परिरहेको महसुस गर्दै महिलाहरुलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा केन्द्रिय सदस्य तथा पुर्बमन्त्री दिपक गिरीले लोकतन्त्र ल्याउन काँग्रेसको लामो कसरत भएकोले पार्टीप्रती गम्भीर बन्न आग्रह गरे । गत चुनाबमा कम्युनिस्ट सँग गरेको गठबन्धनले काँग्रेसलाई असर पारेको महसुस गर्दै उनले तल्लोस्तर बाटै शसक्त भएर लाग्नुपर्ने बताए । ‘गठबन्धनले असर गर्यो,पालिकाको लागि जहाँ गठबन्धन भयो त्यहा हार भयो तर एक्लै लड्दा चुनाब जितेको थुप्रै उदाहरण छन गिरिले भने-आत्मबिश्वासका साथ सरकारमा पनि गठबन्धन भयो त्यहाँपनि हार भयो ।’
त्यस्तै कार्यक्रममा अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले माओबादी सँगको गठन्धन देशको लागि दुर्भाग्य परिभाषित भएको बताए । उनले जनतालाई धोका नदिन सरकारमा गठबन्धन गरिएपनि माओबादीले जनतालाई धोका दिँदै गठबन्धन तोडेको आरोप लगाए । सत्ता ५ बर्ष टिकाउने काँग्रेसको लक्ष्य भएपनि माओबादीले धोका दिएको बताउँदै उनले लोकतन्त्र बिरोधी सँग गठबन्धन गर्ननहुने स्पष्ट भएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभापती अम्मर सिँह पुनले पार्टी र जनप्रतिनिधीबिच समस्या थपिरहेकोमा चिन्ता ब्यक्त गर्दै समन्वय गरि समस्याको हल गरिनुपर्ने बताए । पार्टीबाट टिकेट पाएर चुनाब जितेका केही प्रतिनिधीले पार्टीलाइ उपेक्षा गरेको आरोप लगाउँदै पुनले पार्टी र नेता कार्यकर्तालाई भुल्न छुट नभएको बताए ।
संघिय क्षेत्रिय उपसभापती दिनेश गिरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जँग सिँह ठकुरी, राप्ती गाउँपालिका शिक्षक संघका सभापती मँगल प्रसाद चौधरी,गढवा गाउँपालिका वडा नम्बर ४ का वडा सभापती प्रदिप केसी,लमही नगरपालिकाका सभापती सन्तोष बुढाथोकी,प्रदेश प्रतिनिधि उमेश अधिकारी, नगरप्रतिनिधी तथा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादब,महाधिबेसन प्रतिनिधिहरु प्रदिपराज शर्मा,मधु न्यौपाने, जिल्ला सचिब अर्जुन योगी,महासमिती सदस्य गिरिजादेबी न्यौपाने,महासमिती सदस्य जानकिलाल बस्नेत,प्रदेश सदस्य देवनारायण चौधरी,प्रदेश सभा सदस्य साँसद लोका बिक, जिल्ला अध्यक्ष शँकर प्रसाद डाँगी,केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरे लगायतले पछिल्ला समय काँग्रेसीहरुमा नै एकअर्कामा आरोप प्रत्यारोपको बिज बढ्दै गएको र जसले केही बिचलन आएको हुँदा पार्टी सुदृधीकरणका लागि सबै एकढिक्का भएर जानुपर्ने बताए ।
नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापती भेषराज पाण्डेयको सभापतित्व एबम् डा. शशाँक कोईरालाको प्रमुख आतिथ्यमा सम्मेलन भएको हो । कार्यक्रममा बार्षिक प्रगती प्रतिबेदन सचिब हरिहर शर्मा तथा आर्थिक प्रतिबेदन कोषाध्यक्ष गिता कुमारी चौधरीले प्रस्तुत गरेकि थिईन । उपसभापती श्रिपत चौधरीले धन्याबाद ज्ञापन गरे भने कार्यक्रमको सञ्चालन सचिब हरिहर शर्माले गरेका हुन ।

