ईलाम । सत्तारुढ माओवादी केन्द्रले इलाम-क्षेत्र नम्बर २ मा आगामी १५ वैशाखमा हुने उपचुनावमा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ ।
त्यस्तै उक्त क्षेत्रबाट निर्वाचित सुवास नेम्वाङको निधन भएपछि उपचुनाव हुन लागेको हो । सो क्षेत्रमा एमालेले सुहाङलाई उम्मेदवार बनाएको छ । शुक्रबार एमाले र माओवादी केन्द्रका इलाम जिल्ला अध्यक्षले संयुक्त अपिल जारी गर्दै इलाम २ मा सुहाङलाई दुवै पार्टीको साझा उम्मेदवारको रूपमा सहयोग गर्ने निर्णय भएको जानकारी गरेको छ ।