दिपक ओली/घोराही शुक्रबार, चैत्र २३, २०८०

दाङ । नेकपा एमाले नेतृ साजिदा सिद्धिकिले बिपन्न परीवारलाई सहयोग गरेका छन् । नेतृ सिद्धिकिले इस्लाम धर्मावलम्बिहरुको विशेष पर्व रमादान अर्थात रोजा बस्ने पर्वको अवशरमा घोराही १२ सुनडबरीमा स्थायि बसोबास गर्ने मुस्लिम परीवारका करीव १० घरलाई बिभिन्न खानेकुराको सहयोग गरेका हुन् ।२ दशक अगाडिबाट सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको नेतृ सिद्धिकिले उक्त परीवारमा सहयोग बितरण गरेको बताए । उनले साँझ बिहान काम गर्दै छाक टार्ने परीवारको समस्या बुझी आफुले सहयोग गरेको बताए । रमादानको अवशर पारेर मुस्लिम परीवारमा सहयोग गरेकि नेतृ सिद्धिकिले अन्य   आर्थिक अबस्था न्युन भएका समुदायमा पनि सहयोग गरीने बताए ।

नेतृ सिद्धिकिको सहयोग पश्चात त्यस ठाँउका स्थानिय पनि निकै खुसि भएका छन । उनिहरुले निर्वाचन जितेर संसद छिरेकाहरु कहिले गाँउ फर्किएनन् तर हजुर भने हाम्रो अबस्था बुझ्न सधै हाम्रै घरदैलोमा आइपुग्नु हुन्छ भन्दै उनलाई राष्ट्रपति भएको समेत देख्न पाँउ भनि आशिर्वाद समेत दिएका थिए । नेतृ सिद्धिकि सिसा नेपाल एनजिओको अध्यक्ष हुदै नेकपा एमालेको केन्द्रिय सदस्य तथा मुस्लिम इत्तेहाद संगठनको केन्द्रिय उपाध्यक्ष र सह–इन्चार्ज भएर काम गर्दै आएका छन् भने बिगत २ दशक देखि बिभिन्न सामाजिक संस्थामा रहेर काम गर्दै आएका छन् ।

उनले नेकपा एमालेको २ महिने मिश ग्रासरुट पनि सफलता पुर्वक सम्पन्न गरेका थिए । साथै उक्त मुस्लिम बस्तिमा रहेको खानेपानिको समस्या समाधानको लागि पनि पहल गर्ने बताएका छन् । बर्षौदेखि खानेपानिको समस्यामा रहेको समुदायमा प्रतक्ष्य अवलोकनको लागि गएकि नेतृ सिद्धिकिलाई त्यस ठाँउका स्थानियले आफ्नो समस्या राखेका थिए । त्यस लगतै घोराही १२ का वडा अध्यक्ष दोर्ण बहकरी सहित खानेपानि समिति लगायतको टिमसंग छलफल गरी तत्काल समस्या समाधन गरीदिन आग्रह गरेका छन् । घोराही १२ का वडा अध्यक्ष बहकरीले पनि आफुले सक्दो छिटो समस्या समाधान हुने भन्दै आफ्नो प्रतिबद्धता जनाएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]