टेकबहादुर पुन/जिल्ला ब्युरो शुक्रबार, चैत्र २३, २०८०

दाङ । बुढ्यौली छ उमेर । बाहिर भित्र गर्नपनि धौधौ छ । अलिकती बढी हिंड्यो कि दम बढिहाल्छ । तर युवाबस्था जस्तै काम गर्ने हुटहुटी छ उनमा ।

सरकारले दिने बृद्धभत्ता २/४ हजार न हो । त्यसले मात्रै सबै आबस्यक्ता पुर्ती गर्न गाह्रो नै हुँदो हो । एकाथरी काम गर्नुको बाध्यता पनि छ उनिमा । साहरा बन्नुपर्ने छोराहरु अलग भएपछि बुढेसकालमा पनि उनलाई बाध्यता आईलाग्यो । भएका २ छोरा पनि बिबाह गरेर अलग भान्सा गर्न थाले । ४ छोरीहरु सबै घरगृहस्थीमा छन ।

शेरबहादुरका ९७ बर्षिय आमा आफैसँग छन तर उनका छोराहरु उनिसँग छैनन् । परिस्थितीले बृद्ध आमा र श्रिमतीको लागि बुढेसकालमा पनि उनलाई थप जिम्वेवार बन्नुपर्ने अबस्था आईलाग्यो । फलत: उनको परिवारको साहरा ‘माहुरी’ बन्न पुग्यो । उमेरले ७६ बर्ष पुगेका लमही-७ बन्गैँका शेरबहादुर बुढा बिहानैदेखी माहुरीको हेरचाहमा ब्यस्त हुन्छन । मह निकाल्ने, घार सफागर्ने, माहुरीको आहरा चिनी राख्दिने गर्दैमा उनको दिनचर्या चल्छ । माहुरीलाई उनले आफ्नै घरको सदस्य सम्झिन्छन ।

‘माहुरीले साह्रै मेहनत गरेर रस भर्छ है बुवा? भन्ने प्रश्नमा उनले भने-खासमा मान्छे पापी हुन्छ के, तर माहुरीले मेरो परिवार पालेको छ, त्यसैले त माहुरी मेरो परिवारको एक अंश होनि ।’ शेरबहादुरको परिवार खाने देखि लगाउने, औषधीउपचार सबै माहुरीमै भर परेको छ । गरुङ्गो काम गर्न नसक्ने शेरबहादुरले कम मेहनत लाग्ने माहुरी ब्यबसायीमा लागेको बताउछन । ‘बुढोपनि भईयो, गरुङ्गो काम गर्न सकिँदैन, दम बढिहाल्छ उनले भने-आमा श्रीमती र मेरो लागि खान पर्यो, लाउन पर्यो, उपचार त छँदैछ, सबै माहुरीबाटै जिविको चलेको छ ।’शेर बहादुर सँग अहिले ५० ओटा आफ्नै माहुरी घार छन । त्यो घार ५ ओटाबाट बढेर ५० मा पुगेको हो । २०७४ सालमा माहुरी पाल्ने शोकमा रहेका शेरबहादुर लाई कृषि बिकाश कार्यालय घोराहीले ५ ओटा घार अनुदानमा दिएको थियो । त्यसबाट बिस्तारै बढाउँदै ५० ओटा घार पुर्याएका छन । शेरबहादुरले बार्षिक सरदरमा दुईपटक मह निकाल्छन । उनले सरदरमै उत्पादन भएको ५ सय किलो मह बार्षिकरुपमा २ लाख ५० हजार बढी रुपैयामा बेच्दै आएको बताए । स्थानिय स्तरमा बेच्ने र बचेको मह घोराही डिलरलाई दिँदै आएकोले कहाँ बेच्नु भन्ने चिन्तापनि छैन उनलाई ।शुरुमा घार थोरै हुँदा उत्पादनपनि कम हुने र पारिवारिक खर्चमा हम्मेहम्मे पर्ने गरेको शेरबहादुर बताउँछन । ‘शुरुमा त खर्च धान्न गाह्रो भयो, घारपनि थोरै थिए, बिस्तारै घार बढाए शेरबहादुरले भने- अबभने आम्दानी ठिकै छ, बर्सेनि केही रकम बचाउनपनि सकिएको छ ।’ आम्दानीको गतिलो स्रोत माहुरी बनेपछी शेरबहादुरको परिवारलाई अरुको भरपर्न परेको छैन । यसरी नै माहुरी र मह शेरबहादुरको साहरा बन्दै परिवारलाई खुसी छरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]