Sidha Patra शुक्रबार, चैत्र २३, २०८०

दाङ । पछिल्लो समय खडेरी याम र हावाहुरी सुरु भएसंगै विभिन्न स्थानमा आगलागीका घटनाहरु बढ्न थालेका छन् ।

गाउँघरमा प्राय जसो कच्ची घर र खरले छाएका छाना हुन्छन् । त्यसले गर्दा पनि खडेरीको समयमा आगलागीका घटना बढी हुने गर्छन् । स्थानीय सरकार र विभिन्न संघ-संस्थाहरुले आगलागी हुनबाट बच्ने उपायहरु सम्बन्धि जनचेतनामूलक सन्देशहरु प्रवाह गरेपनि,गाउँ-घरमा बढी जसो कच्ची घर र खरले छाएको घर भएको हुँदा यस्ता घटनाहरु नियन्त्रणमा आउन सकेका छैनन् ।

गत चैत १८ गते राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ खोला गाउँका वीरबहादुर बिकको घर,गोठमा आगलागी भयो । कच्ची कटेराको घर र खरको छानो भएको हुँदा विद्युत लाइनको मिटरक तार सर्ट भएर आगलागी भएको हो । उक्त आगलागी घटनाबाट अन्नपात,लत्ताकपडा,भाडाकुडा लगायत सम्पूर्ण सरसामान जलेर अन्दाजी ४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको थियो ।

आगलागी घटनाको दिन राजपुर गाउँपालिकाले तत्काल खाद्यान्न राहत उपलब्ध गराएको थियो । गापाबाट राहत उपलब्ध गराएर फर्केपछि विभिन्न संघ-संस्थालाई सहयोगको लागि आह्वान गरेर राहत संकलन गरेको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिए । सोही राहत बिहीबार अग्नि पीडित वीरबहादुर बिकका परिवारलाई प्रदान गरिएको हो ।

राजपुर गाउँपालिकाद्वारा संचालन गरिएको भिटा परियोजना कार्यक्रमको समन्वयमा लमही नगरपालिका वडा नम्बर ९ मा रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था,सोही पालिकाको वडा नम्बर ७ कप्तान गन्जमा रहेको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्था,लमहीकै निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था, समउन्नति सामाजिक उद्यमी महिला सहकारी संस्थाले पाँच हजारका दरले संकलन गरेको २० हजार नगद सहयोग प्रदान गरिएको थियो ।त्यस्तै भिटा परियोजना कार्यक्रम अन्तरगत गठित
राजपुर-३ खरदरिया र प्रतापपुरमा रहेको समूहद्वारा संकल्न गरेको चामल,दाल,नून,आलु र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले म्याट, स्टेसनरीका सामानहरु उपलब्ध गराइएको हो ।

उक्त राहत वितरण कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी,उपाध्यक्ष धनपती यादव,वडा नम्बर १ का अध्यक्ष सुर्य चौधरी,भिटा परियोजना कार्यक्रमका संयोजक गिरराज भट्ट,कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष देवि माया थापा लगायतको सहभागी रहेको थियो ।

त्यस्तै राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले अन्य विभिन्न संघ-संस्था र सामाजिक अभियान्तालाई आगलागी घटनाका अग्नि पीडितका लागि सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]