
Ggp
lnp
Sgp
Rgp
ksb
Ggp
Rgp
Asb
Jns
Rgp
Lnp
Rgp
Usb
Lks
Dus

lms

काठमाडौं । अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरने भएको छ ।
अमेरिकाले फाइजर,बायोएनटेक खोप दिन लागेको हो । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले यसलाई कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनेको छ । एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार मात्रै अनुमति दिएको थियो ।
खोप लगाउन सुरु गर्नुभन्दा अगाडि ३० लाख डोज सबै राज्यहरुमा पुर्याइने अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ । कोरोना महामारीबाट अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित देश हो ।
