Sidha Patra मंगलबार, चैत्र १३, २०८०

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनको उम्मेदवार यहीँ चैत १८ गतेमा चयन गर्ने भएको छ ।

कांग्रेसले १५ वैशाखमा हुने प्रतिनिधि सभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा (क) सदस्यका लागि हुने उपनिर्वाचनको उम्मेदवार १८ चैतमा चयन गर्ने भएको हो ।

त्यस्तै सभापति शेरबहादुर देउवाले १८ चैतमा उम्मेदवार चयन गरिने जानकारी गराएको इलामका सभापति डम्बर खड्काले जानकारी दिए । ‘सभापतिले १८ गते उम्मेदवारको निर्णय गरिने बताउनुभएको छ,’ सभापति देउवासँगको भेटपछि उनले सो कुरा बताएका हुन् ।

तर सभापति देउवाले कसलाई उम्मेदवार बनाउने बारेमा भने केही नबोलेको उनले बताए । कांग्रेसमा संसदीय बोर्डले उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ । इलाम–२ का लागि ७ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ । भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस भएको छ ।

त्यस्तै गत निर्वाचनमा एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्बाङसँग कांग्रेसका जिल्ला सभापति खड्का ११४ मतले पराजित भएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]