
Rgp1
Srbpu
Rgp
pku
Pbu
Sgr
Ggp
Unsku
Lnp

Pvg
Rgu
Tsm
Hal
Bbu
Rgu
Bbbpu
Ggd
Ssm
Asm
Sbs
nsb
Vor
Wsp
Gst
Rgs
Rsb
Sls
Ksm

Bml
sab
Pls
Rpp
Syp
Gsb
Rmb
Mks
Jmb
Abd
bbt
Ptm
Jmb
काठमाडौं । नेपाल सशस्त्र प्रहरी बलको एक प्लाटुनले अबदेखि २४ सैं घण्टा सीमामा गस्ती गर्ने भएको छ । ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सीमामा चौबिसैं घण्टा गस्ती गर्ने गरी अवधारणा समेत बनाइएको छ ।
त्यस्तै ‘सीमा पैदल गस्ती परिचालन सम्बन्धी अवधारणा पत्र, २०८०’ तयार गरी लागू समेत गरीको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लाटुन टोली चौबीसै घण्टा सीमा गस्तीमा तैनाथ हुने बताइएको छ ।
अन्तराष्ट्रिय सीमासँग जोडिएका जिल्लाहरुका सीमा स्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा,सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण,सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम,सीमा क्षेत्रमा हुने राजश्व चुहावट नियन्त्रण तथा गैरकानूनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्रसहित फौज परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
त्यस्तै सीमा गस्ती अन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी र बेशहरु समेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा ईलाकामा बन्दोवस्तीका सामाग्रीसहित परिचालन हुनेछ । सीमा पैदल गस्ती सम्बन्धी अवधारणा तयार पारे लगत्तै मधेश प्रदेश स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले यसको सुरुवात गरेको छ । सीमा गस्तीको आवश्यकता अनुसार सम्बन्धित जिल्लाका गणपति,बाहिनीपति र प्रधान कार्यालयबाट समेत अनुगमन हुने बताइएको छ ।
