Sidha Patra सोमबार, चैत्र १२, २०८०

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा दुई जनाको मृत्यु भएको घटना रिसइबी र मदिरा सेवनका कारण दुई समुहमा झडप भएर भएको खुलेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मदिरा सेवनका क्रममा दुई समूहका युवाबीच सामान्य विषयमा विवाद सिर्जना हुँदा चक्कु हानाहान भएको र दुई जनाको मृत्यु भएको हो । हत्यामा संलग्नको आरोपमा प्रहरीले दुई समूहका गरी १८ जनालाई पक्राउ गरेको छ ।

त्यस्तै ललितपुर परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले भने, ‘उनीहरुबीच ठूलो रिसइबी अहिलेसम्म केही देखिएको छैन । मात्रै एउटा समूहले अर्को समूहलाई हेप्ने र दबाउने गरेको भन्ने देखिएको छ, सामान्य रिसइबी भए पनि दुई समूह अत्याधिक मदिरा सेवनको गरेको अवस्थामा भेट भएपछि झडप भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

आइतबार हिजो राति दुई समूहका युवाहरु होलीमा रङ खेलेर राति खाजा खान ढोलाहिटीको डी पोपिना खाजा घरमा पुगेका थिए । सोही क्रममा उनीहरुले मदिरा सेवन गरेका थिए । राति १० बजेतिर भएको झडपमा पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भएका ३० वर्षीय पुजन राईको मृत्यु भएको थियो । मृतकहरु दुबै जना फरक फरक समूहका रहेको एसपी सुवेदीको भनाइ छ ।

घटना भएको डी पोपिना खाजाघरका तीन सञ्चालकमध्ये एक विजय राई आइतबार घटना भएको बेला खाजाघरमै थिए । हत्यामा उनको पनि संलग्नता देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । ‘अहिलेसम्मको अनुसन्धानबाट चक्कु प्रहार गर्ने मुख्य व्यक्ति नै होटल सञ्चालक विजय रहेको देखिएको छ’, एक अनुसन्धान अधिकृतले भने ।

कसरी सुरु भयो विवाद ?

रोबसको समूह राति मदिरा सेवन गर्न डी पोपिना खाजा घरमा पुगेको थियो । पुजन राईको अर्को समूह पहिल्यैदेखि मदिरा सेवन गरेर बसेको थियो । पुजनको समूहले रोबसको समूहलाई मदिरा सेवन गरेको बेला हेपेको र ‘घर जा’ भन्दै धकेल्न थालेपछि विवाद सुरु भएको देखिएको एसपी सुवेदीले बताए ।

विवाद भएपछि रोबसको समूहका युवाले ९ बजेर ५८ मिनेटमा रोबसलाई फोन गर्दै तत्कालै खाजा घरमा बोलाएका थिए । रोबस खाजाघरमा पुगेपछि दुई पक्षबीच झडप भएको प्रहरीको भनाइ छ ।

घाइतेलाई अस्पताल पुर्‍याएपछि खुल्यो घटना

छातीमा चोट लागेका रोबसलाई उपचारका लागि उनकै समूहले स्कुटरमा राखेर राति ११ बजेतिर पाटन अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्‍याएलगत्तै डाक्टरले उनलाई मृत घोषित गरेका थिए । त्यसपछि पाटन अस्पतालमै रहेका प्रहरीले रोबसलाई ल्याउने स्कुटर चालकलाई अस्पतालबाटै पक्राउ गरेर ललितपुर प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि मात्रै प्रहरीले घटनाबारे जानकारी पाएको थियो । अर्का घाइते पुजनको भने तिघ्रामा चोट लागेको थियो र उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पताललाई उद्दृत गर्दै प्रहरीले जनाएको छ ।

त्यस्तै उनी घरभित्रै ढलेको अवस्थामा ट्याक्सी बोलाएर सुमेरु अस्पताल पठाइएको थियो । अस्पताल पुर्‍याउनेबित्तिकै पुजनलाई लिएर जाने व्यक्ति भने फरार भएका थिए । पछि ट्याक्सी चालकको सहायतामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । रोबस घर बाहिर ढलेको र पुजन घरभित्रै ढलेको अवस्थामा आ-आफ्ना समूहको सहयोगीले अस्पताल लगेका थिए ।

दुबै जनाको शव पोष्मार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । घटनाबारे जानकारी पाउनासाथ अनुसन्धानमा खटिएको टोलीले बिहानीपख साढे ४ बजेसम्म १८ जनालाई पक्राउ गरेको छ । उनीहरु सबैले मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै स्थानीयसँग प्रहरीले सोधपुछ गर्दा कसैले पनि घटनाबारे जानकारी नभएको बताएका छन् । खाजाघर सँगैको अर्को सटरमा रहेका व्यक्तिले समेत घटनाबारे आफूहरुलाई केही जानकारी नभएको बताएका छन् । मोबाइल लोकेसन तथा कल डिटेल रिपोर्ट, सिसी टिभी फुटेजमार्फत प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]