
Ggp
Unsku
Sgr
Pbu
Rgp1
Rgp
pku
Lnp
Srbpu

Ksm
Hal
Rgu
Rgu
Gst
Wsp
Tsm
Sbs
Pvg
Asm
Rgs
nsb
Rsb
Ggd
Ssm
Vor
Sls
Bbbpu
Bbu

Rmb
Ptm
Rpp
Gsb
Jmb
Bml
sab
Mks
Abd
Syp
bbt
Jmb
Pls
नुवाकोट । बिदुर नगरपालिका वडा नम्बर ५ गगटे पार्कमा “समतामुलक निकास नै कम्पनीको बहुउद्देश्यीय बिकास हाे”भन्ने अभिप्राय र “कृर्षि,पर्यटन,उधमि, ब्यवसायीमा सहुलियत सहजमा परिबर्तन र सिर्जनशीलता,बजारिकरणकाे प्रर्बद्वन गर्न बहुउद्देश्यीय एकताको समझदार ।,
सांस्कृतिक संरक्षण, बचत तथा लगानी काेषकाे बिस्तार गर्दै राेजगार, स्वालम्बी साथ समुन्नत बिकास र आर्थिक समृद्धिमा हाम्राे कम्पनीकाे सराेकार ।”नाराका साथ राष्ट्रियस्तरकाे परिवर्तनशिल बहुउद्देश्यीय कम्पनी लिमिटेडकाे भाव संश्लेशण तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।
परिवर्तनशिल बहुउद्देश्यीय कम्पनी लि.काे तदर्थ समितिका संयाेजक ईश्वर थापा मगरकाे सभाध्यक्षता र नेपाल आदिवासी जनजाति महासंघ वागमती प्रदेश समितिका सचिवालय सदस्य/ नेफिन नुवाकोटका अध्यक्ष/नेपाल मगर संघका केन्द्रीय सदस्य तथा उद्ममशील कृषि कम्पनी प्रा.लि.का अध्यक्ष भगवान राना मगरकाे प्रमुख आतिथ्यता, नेपाल मगर संघ बागमती प्रदेश समितिका सदस्य एबम नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकाेटका पूर्ब अध्यक्ष शुभाकर थापा मगर र नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकाेटका अध्यक्ष एबम श्री कृष्ण बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बचुमाया सुनारी मगरकाे विशेष आतिथ्य रहेकाे थियाे। कम्पनीका सदस्य रामकुमार थापा मगरले कार्यक्रम संचालन र स्वागत मनतब्य कम्पनीका सदस्य बिश्वराज जर्गा मगरले गरेका थिए ।
उक्त कार्यक्रममा संयाेजक ईश्वर थापा मगरले कम्पनी लि. ले २ बर्षमा ३०० जना शेयर सदस्य बनाई सक्ने, ३ बर्ष भित्र बीस कराेडकाे काराेबार गर्ने लक्ष्य रहेकाे जानकारी गराएका छन् । राष्ट्रिय स्तरमा शाखा/प्रशाखा/उपसमिति खाेलेर उधमी, व्यापार, बजारिकरण,औधाेगिक उपकरण बितरण, उत्पादन, पशुपन्छी, दूध डेरी, तरकारी फलफूलकाे सहि ब्यस्थापन र बजारिकरण गरिने छ ।
दाना फ्याक्टी, काेल्डस्टाेर, जडिबुटि उत्पादन, हाेमस्टे आबस्यकता अनुसार संचालन गर्दै सामुदायिक बचत तथा कर्जा लगानी काेष, लघुबित्त संचालन गर्ने उदेश्यहरु साथै भबिष्यकाे बैंक समेत खाल्ने लक्ष्य रहेकाे कार्यायाेजना सहितकाे प्रबन्धपत्र र नियामावली प्रस्तुत गरेका थिए । प्रमुख अतिथि भगवान राना मगरले “उदेश्य लिनु, छुनु चन्द्र एक” भन्ने महाकवि लक्ष्मी प्रसाद देबकाेटाकाे भनाई अनुसार बहुउद्देश्यीय कम्पनीकाे लक्ष्य बृहत् र बहुउद्देश्यीय नै उदेश्य सहितकाे याेजनाहरु कम्पनी संयाेजकले प्रस्तुत गरेका थिए ।
जुन लक्ष्य बृहत र बहुउद्देश्यीय भएकाेले कम्पनी ऐन २०६३,अन्य प्राबधानहरु लिएर शेयरपुजीकाे आधारमा क्रमश: आयआर्जन, बजारिकरण, उत्पादनमूलक, सामुदायिक बचत तथा लगानी काेष, लघुबित्त संचालन गर्दै राेजगार बढ्दै आफ्नै देशमा उधाेग, कारखानामा स्वालम्बी बनी काम गर्न सक्षम हुन्छ । लगानीकर्ताले बिश्वाशकाे आधारमा लगानी गर्न अभिप्रेरित हुन्छ,भने । साथै भबिष्यमा बैंक खाेल्ने लक्ष्य पनि पूरा हुन्छ तर एकता गर्नु- गराउनु र शेयरपुजी बढाउदै दक्ष संचालक समितिले मात्र संभब हुन्छ । शुरुवात र परिबर्तन पहिला आफैबाट शुरु गरि अरुलाई जागरुक,सचेत साथ निरन्तरता र क्रियाशिल भई अघि बढ्न अब बन्ने संचालक समिति सफल र प्रगतीकाे शुभकामना ब्यक्त गरेका थिए । बिशेष अतिथि बचुमाया सुनारी मगरले कम्पनी ऐन, प्रबन्ध पत्र र नियमावली स्पष्ठ बुझेर पछि काम गर्न सजिलाे र सरल रुपमा बनाई कार्यन्वयन गर्न संचालक समितिलाई अनुराेध गरेका थिए ।
कम्पनीकाे सञ्चालक समितिको अध्यक्ष ईश्वर थापा मगर, सचिब रामकुमार थापा मगर,प्रबन्ध संचालक विश्वराज जर्गा मगर र संचालक सदस्यहरु हरिशंकर थापा मगर, सर्मिला थापा मगर, कुलबहादुर थापा मगर, बिकास पुलामी थापा मगर, रामचन्द्र राना मगर, चण्डिका थापामगर, नारायण बहादुर थापा मगर, सुदिस राना मगर सहित ११ जना निर्बिराेध सर्बसम्मत चयन भएकाे छ । कम्पनीकाे प्रमुख सल्लाकार भगवान राना मगर साथै सल्लाहकारमा बचुमाया सुनारी मगर र शुभाकर थापा मगर सर्बसम्मत चयन हुनु भएकाे छ
