टेकबहादुर पुन/जिल्ला ब्युरो आइतबार, चैत्र ११, २०८०

दाङ । राजपुरमा बसको ठक्कर बाट २ जनाको मृत्यु भएपछि राजमार्ग ठप्प पारिएको छ ।

पीडित परिवारले क्षेतीपुर्तीको माग गर्दै आईतबार बिहानैदेखी राजपुर-५ जँग्रहवाबाट छुट्ने सवारीका साधान ठप्प पारेका छन । जँग्रहवा-जहरे, जँग्रहवा- गढवा, जँग्रहवा-गँग्दी रुटमा चल्ने सवारी साधान ठप्प भएका छन ।

शनिवार बेलुका पूर्वदेखि पश्चिम जाँदै गरेको रा १ ख २३६० नम्बरकाे बसले राजपुर-५, नौंसहरामा पश्चिम देखि पूर्व आइरहेको रा ७ प २०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेहरु मोटरसाईकल सवार राजपुर-५, नौंसहरा निवासी अन्दाजी २४ वर्षीय प्रमोद यादव र सोही ठाउँ निवासी प्रदिप यादव रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले बताए । प्रमोदको घटनास्थलमै र प्रदिपको उपचारका क्रममा मृत्यु भएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]