
Sdc
Msbus
Rgp
Ggp
Ksbus
Asbus
Ggp
Ksbus
Lnp


भृकुटी सीता अरनिको बुद्ध जन्मिएको देश हाम्रो ।
ब्राह्मण क्षेत्री राई लिम्बू भोटे थरिथरि~ भेष हाम्रो
छन् सेताम्य प्राकृतिक सौम्य हिमशिखरले चौतर्फी
हामी मिल्न सकेमा उखेल्न कसले सक्छ केश हाम्रो।
जस्तोसुकै कठिन परिस्थितिमा नझुकी जुध्न सक्छौँ
हिँजो थियो आज छैन भन्छन् भन्नेहरु नरेश हाम्रो।
छन् सन्दुक महावीर,भगवान् देशमा जीवितै अझै
एकताको भावले उन्नुछ पहाड र मधेस हाम्रो।
जोगाउनु ~पर्छ~ पुर्खाको इतिहास राष्ट्रको गौरव
ती~ पुर्वज पुस्ताको बहादुरीबाट बनेको बेस हाम्रो।
तेजप्रसाद खनाल लमही दाङ
