Sidha Patra शुक्रबार, चैत्र ०९, २०८०

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ ।

आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको हो । महरालाई अनुसन्धानका लागि बोलाएका बेला आउने गरी जेठा छोरा निर्मलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

कान्छा छोरा राहुल भने सुन तस्करी प्रकरणकै अनुसन्धानमा पूर्पक्षका लागि थुनामा छन् । जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डौका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महराको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर हाजिरी जमानतमा छाडेकाे जानकारी दिए । महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सोमबार कपिलवस्तुबाट पक्राउ गरी काठमाण्डौ ल्याएको थियो ।

जिल्ला अदालत काठमाण्डौले महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै नर्भिक अस्पतालमा भर्ना भएका थिए । महराले आफू बिरामी भएको बताएपछि अदालतले प्रहरीलाई चार दिन हिरासतमा राख्न र अस्पतालमा राखेरै अनुसन्धान गर्न अनुमति दिएको थियो । गएको साउन २ गते ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन र वि.स.२०७९ साल पुसमा विद्युतीय चुरोट भेपमा लुकाएर ल्याएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग नेता महराको नाम जोडिएको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरामाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो । सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै महरालाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि भने सीआइबीले बयान कागज गराएर मात्रै छाडेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]