Sidha Patra बिहिबार, चैत्र ०८, २०८०

काठमाडौं । सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गर्ने शाखा अधिकृत कार्की विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत बागमतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्धमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । कार्कीले सरकारी जग्गालाई गैरकानुनी रुपमा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

त्यस्तै कार्की २०५८ साउनमा सरकारी सेवामा प्रवेश गरेका थिए । ३० चैत २०७९ सम्म उनले ३ करोड ७७ लाख १३ हजार आम्दानी गरेको र ६ करोड ९८ लाख ४६ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको अख्तियारले जनाएको छ । कार्कीको ३ करोड २१ लाख ३२ हजार रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको अख्तियारको भनाइ छ । उक्त रकमलाई बिगो कायम गरी गैरकानुनी रुपमा आम्दानी गरेको सम्पत्ति जफत गर्नसमेत अख्तियारले मागदाबी गरेको जनाएको छ ।

यस्तै कार्कीले छोरी गृष्मा कार्कीको नाममा समेत विभिन्न स्थानमा जग्गा जोडेको देखिएकाले उनको नामको जग्गा पनि जफत गर्नुपर्ने अख्तियारले दाबी गरेको छ । अख्तियारले उनकी पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी बनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]