आलोक भावुक/गढवा बुधबार, चैत्र ०७, २०८०

दाङ । गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा गढवामा बुधबार आजदेखि तिनदिने सहकारी व्यवस्थापन तालिम सुरु भएको छ।

सहकारीको वर्तमान समस्या,चुस्त लेखा व्यवस्थापन, सहकारीका ऐन नियमको बारेमा जानकारी दिने उदेश्यले गढवा गाउँपालिका सहकारी शाखाले तालिम शुरु गरेको हो । तालिमको उद्घाटन गर्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले पालिका भित्र रहेका सहकारी संघ संस्थाहरुको प्रवर्द्धन र विकासका लागि व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका व्यवस्थानका कर्मचारीहरुलाई क्षमतावान बनाउन यस्तो खालको तालिमले सहयोग पुग्ने बताए ।

त्यस्तै सहकारीका नीति र सिद्धान्तविपरीत सञ्चालन हुँदा सहकारीहरुमा समस्या आएको बताए । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले तिनदिने सहकारी व्यवस्थापन तालिममा सहकारीको परिचय, सिद्धान्त,मूल्य मान्यता,ईतिहास,सहकारीको व्यवस्थापन,सञ्चालक समितिका सञ्चालक समिति,लेखा सुरिवेक्षण समिति,पदाधिकारीहरुको भूमिका तथा जिम्मेवारी सहित लेखाको परिचय, सिद्धान्त सहकारी संस्थामा यसको महत्व लगायत व्यवहारिक विषयमा छलफल हुने जानकारी दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले सहकारीहरुले जुन उद्देश्यका लागि भनेर दर्ता भएका थिए त्यै अनुसार काम गरे सहकारीमा समस्या नहुने बताए । तालिम चैत्र ९ गतेसम्म गढवा गाउँपालिकाको सभाहलमा सञ्चालन हुने भएकोछ। तालिममा गढवामा क्रियाशील ३० वटा सहकारी संस्थाका सञ्चालकहरुको सहभागिता रहेको छ ।

यस्तै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा, सहकारी शाखाका अधिकृत अशोक कुमार यादव, गढवा गाउँपालिका सहकारी सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराज लगायतकाको सहभागिता रहेको थियो।

त्यस्तै सहकारी शाखा प्रमुख अशाेक कुमार यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सत्यपाल यादवले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]